News Portal

  • नेपाल निकट युवा संघलाई नगरकोट सडकको चिन्ता, प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, २८ साउन २०७८
    ६९९ पटक
    भक्तपुर, २८ साउन २०७८

    नेकपा (एमाले) को माधव नेपाल निकट युवा संघ नेपालले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । युवा संघ नेपालको भक्तपुर जिल्ला कमिटीको तर्फबाट बिहीवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।

    ज्ञापन पत्र नगरकोट पुग्ने बाटोको दुरावस्थामा केन्द्रित रहेको बुझिएको छ । नगरकोट पुग्ने सडकको दुरावस्थाका कारण स्थानीय जनता र नगरकोट आवतजावत गर्ने मानिसहरुको दैनिकी ज्यादै कष्टकर बनेको र यसले नगरकोट क्षेत्रको पर्यटन क्षेत्र समेत प्रभावित बनेको बिज्ञप्तिमा बताइएको छ ।

    १६ किमि सडक स्तरोन्नती गर्ने ठेक्का पाएको सैलुङ्ग कन्स्ट्रक्सन र एआइपीएल जेभीले छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न नगरेको प्रति ध्यानाकर्षण गराउदै युवा संघ नेपाल भक्तपुरले ठेकेदारलाई प्रत्येक सरकारले उन्मुक्ति दिइरहेको प्रति असन्तोष व्यक्त गर्दै निर्माण यथाशिघ्र सम्पन्न गराउन प्रधानमन्त्री समक्ष माग गरेको छ ।

    बिहीवार युवा संघ नेपालका केन्द्रीय नेता एवं भक्तपुर इन्चार्ज दिपक थापा र जिल्ला अध्यक्ष रंजनमोहन सैंजु नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगी ज्ञापन पत्र पेश गरेको हो । उक्त ज्ञापन पत्र बुझ्दै भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले प्रधानमन्त्री देउवाले प्राप्त गर्ने गरी पत्र पठाइदिने प्रतिवद्धता प्रकट गरेका थिए ।
    हेर्नुस ज्ञापन पत्र


    के हो समस्या
    कमलविनायकको भत्केकोपाटीदेखि पर्यटकीय क्षेत्र नगरकोट जोड्ने सडक लामो समयदेखि बन्न नसक्दा सडक प्रयोगकर्ताको बिजोग हुने गरेको छ । वर्षामा हिलाम्मे र हिउदमा धुलाम्मे हुने यस सडकका कारण सडक प्रयोगकर्ता सास्ती खेप्न बाध्य छन् ।

    सडक स्तरोन्नति गर्ने ठेक्का पाएको कम्पनीले समयमै काम नसक्दा यो राजनीतिक पार्टीहरुका लागि समेत राजनीतिक मुद्दाको विषय बनेको छ । गत उपनिर्वाचनमा समेत यो विषयले निकै चर्चा पाएको थियो । नेकपा(माओवादी केन्द्र) का भक्तपुर वर्तमान अध्यक्ष डीपी ढकाल तत्कालिन अर्थमन्त्री वर्षमान पुनको प्रमुख स्वकीय सचिव रहेका बेलामा यो आयोजनाले स्वीकृती पाएको थियो । तर उनले त्यसको जस लिन नपाइ समयमै सडक नबनाएको अपजस उनको पार्टीले लिनुपर्दा गत उपनिर्वाचनमा उनलाई धक्का लागेको थियो । जसलाई उनको हारको एक कारण समेत मानिंदै आएको छ ।

    यस कारण समयमा सकिएन सडक निर्माण

    भारतीय एक्जिम बैंकको ऋण सहयोगमा सडक सुधार आयोजना अन्तर्गत तत्कालिन बाबुराम भट्टराइ नेतृत्वको सरकारको पालामा योजना स्वीकृत भएको करीब १६ किमीको यो सडक खण्ड चौडा गरी कालोपत्रे गर्न भारतीय कम्पनी एआइसीपिएल र नेपाली कम्पनी एससीपिएल (शैलुङ कन्स्ट्रक्सन) काठमाडौंले संयुक्त ठेक्का पारेको  थियो । ०७१ असार मसान्तमै निर्माण सम्पन्न गरिने गरी ठेक्का स्वीकार गरेपनि यी दुई कम्पनीले काम सम्पन्न गर्न सकेनन ।

    निर्माण कम्पनीले नाकाबन्दी, भूकम्प लगायत कारण देखाउदै आएकोमा अहिले कोरोना माहामारी समेत थपिएको छ । आफूहरुले पाउनुपर्ने पैसा नपाउदा काम प्रभावित भएको निर्माण कम्पनीको दावी छ ।तर, सधै बहाना बनाउदै काम नगर्ने गरेको कारण कम्पनी बदनाम बनेको छ ।

    प्रतिकृया दिनुहोस्

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...

    एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक...

    समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका...

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...