News Portal

  • क्वाठण्डौंस्थित सरस्वती फल्चाको पुनर्निर्माण शुरु

    भक्तपुर, २९ साउन २०७८ शुक्रबार
    ९७५ पटक
    भक्तपुर, २९ साउन २०७८ शुक्रबार

    भक्तपुर नगरपालिका वडा नं. १० क्वाठण्डौंस्थित सरस्वती फल्चाको पुनर्निर्माण हुने भएको छ शुक्रबार एक समारोहबीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त फल्चाको शिलान्यास गरेका हुन् ।

    २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त उक्त फल्चा रु. २४ लाखको लगत इस्टिमेटमा भक्तपुर नगरपालिकाले पुनःनिर्माण गर्न लागेको नगरपालिकाले जनाएको छ ।

    शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले मौलिकता विनाको ऐतिहासिक सम्पदा पुनःनिर्माणको कुनै अर्थ नभएको प्रष्ट पार्दै मौलिकतामा कुनै कम्प्रमाइज नहुने बताए  । इतिहास जोगाएर भावी पुस्तामा हस्तान्तरण गर्ने काममा कुनै किसिमको हेलचक्र्याइँ गर्नु नहुने उनको भनाइ छ।

    भक्तपुर नगरपालिकाले नगरको सन्तुलित विकासमा जोड दिइरहेको बताउदै उनले यस वर्ष भक्तपुर नपाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै काम गरिरहेको स्पष्ट पारे । जनस्वास्थ्य सेवा केन्द्रलाई ख्वप अस्पतालको रुपमा सञ्चालन गरी वडा वडामा स्वास्थ्य चौकी निर्माण, नगरबासीहरूलाई निःशुल्क अक्सिजन वितरणलगायतका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने कार्यहरूलाई प्राथमिकतामा राख्दै आएको उनले जनाएका छन् ।

    कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले वडाका विकास निर्माणका गतिविधिहरूबारे अवगत गराउदै १० नं. वडामा थुप्रै ऐतिहासिक पाटीहरू रहेको र आवश्यकता तथा प्राथमिकताअनुसार सम्पदाहरूको पुनःनिर्माण कार्यलाई अगाडि बढाइरहेको दावी गरे  ।
    उक्त अवसरमा भक्तपुर नगरपालिकाका पूर्व उपप्रमुख चैत्यराज शाक्य वडा नं. १० का वडासदस्य जितेन्द्र मुनंकर्मी, सम्पदा शाखाका रामगोविन्द श्रेष्ठ, उपभोक्ता समितिका अध्यक्ष गणेशराम मुस्याख्व, समितिका कोषाध्यक्ष चन्चला मुस्याख्व र सचिव हरिराम कर्माचार्य लगायतले समेत सम्पदाको महत्व माथि प्रकाश पारेका थिए  ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...