News Portal

  • रमेश प्याथको नेतृत्वमा मध्यपुर-३ मा माओवादी केन्द्रको २३ सदस्यीय कमिटी निर्वाचित

    भक्तपुरपोस्ट संवाददातामध्यपुर थिमि, ३० साउन २०७८
    १५२४ पटक
    मध्यपुर थिमि, ३० साउन २०७८

    नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ३ मा २३ सदस्यीय कमिटी घोषणा गरेको छ । शनिवार बिहान कौसलटारमा सम्पन्न वडा भेलाले २३ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।

    वडा नम्बर ३ को वडा भेलाले खेलाडी समेत रहेका युवा नेता रमेश प्याथको नेतृत्वमा २३ सदस्यीय वडा कमिटी निर्विरोध निर्वाचित गरेको मध्यपुर थिमिका पार्टी अध्यक्ष विजय श्रेष्ठले बताए ।अध्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार उपाध्यक्षमा गणेश केसी,सचिवमा रत्न सुनुवार, सहसचिवमा हरि खड्का र कोषाध्यक्षमा भवानी शर्मा निर्वाचित भएका छन् ।

    त्यसैगरी सदस्यहरुमा ज्ञानकुमार कुटु,नन्दकुमारी परियार,महेश बुढाथोकी,रवीन्द्र बुढाथोकी,रामकला केसी,दिनेश थापा, अजय मिश्र, भगत खत्री,अमन सापकोटा,राम रन्जीत प्रकाश शाही,जमुना सुवेदी,हरि कुटु, प्रेम बहादुर कुटु कृष्णगोपाल कुटु,बिक्रम कुटु र रामगोपाल कुटु रहेका बताइएको छ ।

    उक्त वडाको इन्चार्जमा भुवन केसी र सह इन्चार्जमा कान्छा कुमार कुटु रहेका छन् ।

    शनिवार पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री तथा संघीय सांसद हितबहादुर तामांग, केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्म, जिल्ला अध्यक्ष डिपी ढकाल र नगर अध्यक्ष विजय श्रेष्ठ लगायतले भेलालाई सम्बोधन गर्दै आफ्नै पार्टीको एजेन्डामा देशको राजनीति चलिरहेकोले उच्च मनोबलका साथ् संगठन र जनताको काम गर्न मार्गनिर्देश गरेका थिए । उक्त अवसरमा मध्यपुर थिमिका इन्चार्ज कृष्णलाल गोजा, सहइन्चार्ज उमेश लम्साल,बुद्धिकृष्ण श्रेष्ठ,बालकृष्ण दुगु,गणेश बुढाथोकी, आनन्द पुन त्यसैगरी प्रेस संगठनका भक्तपुर अध्यक्ष संजीप घिमिरे, वाईसिएल भक्तपुरका अध्यक्ष नरेश वाइवा,क्षेत्रीय अध्यक्ष नरेश रंजित, नगर अध्यक्ष अमित कारन्जीत, विद्यार्थी नेता प्रकाश केसी लगायतको आतिथ्यता रहेको थियो ।

    वडा भेलाको अवसरमा दुइ दर्जन युवाहरु बिभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...