News Portal

  • चाँगुनारायण-८ मा वाइसिएलद्वारा कोभिड-१९ विरुद्ध जनचेतना कार्यक्रम

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, ३० साउन २०७८
    १४४३ पटक
    भक्तपुर, ३० साउन २०७८

    चाँगुनारायण-८ सुडालमा राजनीतिक पार्टीले पनि कोभिड-१९ विरुद्ध जनचेतना कार्यक्रम संचालन गरेको छ । नेकपा (माओवादी केन्द्र) र उसको युवा संगठन वाइसिएलद्वारा जनचेतना कार्यक्रम संचालन गरिएको हो ।

    स्थानीय समुदायलाई कोभिड-१९ को सम्भावित तेस्रो लहरबाट बचाउन आवश्यक जनचेतनाको कार्यक्रम संचालन गरिएको वाइसिएलका बागमती प्रदेश सदस्य एवं स्थानीय युवा नेता बिनोद लामिछानेले बताए । शनिवार माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरु जनचेतनाका लागि  घरदैलोमै पुगेपछि निर्वाचनको झल्को झैँ देखिन्थ्यो । माओवादी कार्यकर्ताहरुले पम्प्लेट,प्लेकार्ड, ब्यानर, माइकिङ्ग लगायतको माध्यमबाट मास्क लगाएर हिड्न र सामाजिक दुरी कायम गर्न जनचेतनामुलक प्रचारप्रसार गरिरहेको देखिन्थे ।उनीहरुले हनुमान चोकदेखि रातोपाटी चोक सम्मको आसपासमा मास्क वितरण समेत गरेका थिए

    उनीहरुले कोभिड विरुद्ध स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन प्रेरित गरिरहदा स्थानीय दंग देखिए । घरदैलोमै आएर कोभिड महामारीबाट बच्न आवश्यक सावधानीबारे माओवादी कार्यकर्ताले बताइरहदा स्थानीय खुशी भएका थिए । उक्त अवसरमा वडा नम्बर ८ का पार्टी अध्यक्ष मदन श्रेष्ठ,वाइसिएलको नगर इन्चार्ज लक्ष्मण दुलाल, वाइसिएल वडा अध्यक्ष दिपेश लामिछाने त्यसैगरी वाइसिएल नेता सानु खत्री, राजन बनमाला लगायतको सहभागिता रहेको थियो । यस अघि पनि वडा नम्बर ८ मा लकडाउनको समयमा माओवादी केन्द्रले अति बिपन्न परिवारलाई लक्षित गरी राहत वितरण गरेको थियो ।

    सामाजिक कार्यमा राजनीतिक दलको सहभागिताले समाजमा सकारात्मक संदेश दिएको सरस्वती माविका प्रधानाध्यापक इन्द्रमणी गिरीले बताए । राजनीतिक संगठनमा मात्र नभई सामाजिक गतिविधिमा पनि दलहरुले प्रतिष्पर्धा गर्नुपर्ने उनको सुझाव छ । यसले समाजलाई कोभिद्को सम्भावित महामारी बाट सुरक्षित गर्न सहयोग पुग्ने उनले बिश्वास व्यक्त गरेका छन् । महानगरीय प्रहरी प्रभाग सुडालका प्रमुख कोशोरध्वज कार्कीले पनि युवाहरुको अभियानप्रति आभार प्रकट गरे । राजनीतिक दलहरुका कार्यकर्ता धेरै हुने र जनता पनि राजनीतिक दल संग जोडिएका हुने भएकाले कोभिडविरुद्ध चेतनामुलक कार्यक्रम लाई दलहरुले अभियानकै रुपमा लिएर जानुपर्ने उनको भनाइ छ ।

    नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का भक्तपुर अध्यक्ष डिपी ढकालले आफ्नो पार्टीले यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिने जानकारी दिए । रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिनु राम्रो भएको भन्दै उनले कोभिड तेस्रो लहरको सम्भावित महामारी रोक्न आफ्नो पार्टीका सबै कार्यकर्ताहरु लाई सचेत रहन र समाजमा सचेतना फैलाउन समेत अपिल गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...