News Portal

  • नेपाल बैंकको दुधपाटीमा सेवा बिस्तार, सरकारी बैंकलाई प्राथमिकता दिन मेयर प्रजापतिको सुझाव

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ भदौ २०७८
    १८९२ पटक
    भक्तपुर, २ भदौ २०७८

    नेपालकै सबैभन्दा जेठो बैंक नेपाल बैंक लिमिटेडको कमलविनायक शाखाले भक्तपुरको दुधपाटीमा समेत सेवा बिस्तार गरेको छ । बैंकले मंगलवारबाट दुधपाटीमा काउन्टर स्थापना गरी सेवा बिस्तार गरेको हो ।

    उक्त काउन्टरको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र बैंककी बागमती प्रदेश प्रमुख निरुजा श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । उक्त अवसरमा वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, भक्तपुर बहुमुखी क्याम्पसका प्रमुख डा कृष्णप्रसाद पोखरेल,नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, बैंकको कमलविनायक शाखा प्रमुख विष्णुमान भैल, सहायक प्रमुख दिपा पनेरु लगायत कर्मचारी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले सरकारी बैंकहरुको बिकासमा जोड दिएको खुलासा गरे । नगरपालिकाले आफ्नो आर्थिक कारोबारमा पहिलो प्राथमिकता सरकारी बैंकलाइ दिएको जानकारी दिंदै उनले सरकारी बैंकले सेवा दिन नसक्ने बताए मात्र निजी बैंकमा जाने गरिएको जनाएका छन् ।

    भक्तपुरबासी जनतालाई पनि सम्भव भएसम्म सरकारी बैंकबाट कारोबार गर्न सुझाव दिंदै प्रमुख प्रजापतिले विदेशी लगानीमा संचालित निजी क्षेत्रको स्वामित्वका बैंकहरु भन्द सरकारी स्वामित्वका बैंक भरपर्दो र बढी सुरक्षित हुने बताए । विदेशी लगानी भएका बैंकले नेपाली पुँजी विदेश लगिरहेको तर्फ सचेत हुनुपर्ने धारणा व्यक्त गर्दै उनले सरकारी बैंकलाई समयसापेक्ष जनताको माग अनुसार बिकास गरी कारोबारमा प्रोत्साहित गर्नुपर्ने आवश्यकता समेत औल्याए ।

    सरकारी बैंक बलियो भएमात्र जनताको आर्थिक अवस्था बलियो बन्ने बताउदै मेयर प्रजापतिले सरकारी बैंकको समयानुकुल बिकास र सेवा बिस्तारमा जोड दिएका थिए ।

    कार्यक्रममा भक्तपुर बहुमुखी क्याम्पसका प्रमुख डा. कृष्णप्रसाद पोखरेलले विश्वविद्यालयमा त्रिविको जस्तै बैकमा नेपाल बैंक लिमिटेडको महत्व र पहिचान रहेको बताए । दुधपाटीमा सेवा बिस्तारले भक्तपुर क्याम्पसका विद्यार्थी र स्थानीय जनता लाभान्वित हुने उनले विश्वास व्यक्त गरे ।

    त्यसैगरी बैंककी बागमति प्रदेश प्रमुख निरुजा श्रेष्ठले आफूहरु निजी बैकसंग प्रतिस्पर्धामा पछि नरहेको दावी गर्दै बैंकले सबै सेवाहरु छिटोछरितो र विश्वासिलो ढंगले प्रवाह गरिरहेको बताइन । दुधपाटी काउन्टरसँगै भक्तपुरमा ३ शाखा र ४ वटा काउन्टरमार्फत सेवा प्रदान गरिरहेको जानकारी गराउदै उनले नेपाल बैंक लिमिटेडप्रति जनप्रतिनिधि,व्यवसायी, प्राज्ञिक समुदाय र स्थानीय जनताको विस्वासप्रति आभार समेत प्रकट गरेकी थिइन् । त्यसैगरी कार्यक्रम संचालक कमलविनायक शाखाका प्रमुख विष्णुमान भैलले भक्तपुर नगरपालिकाको सहयोगबाट आफूहरु प्रोत्साहित भएको भन्दै थप सेवा बिस्तार गरी जनताको घरदैलोको बैंक बन्ने आफूहरुको योजना भएको बताएका थिए ।

    उक्त अवसरमा नेपाल बैंक लिमिटेडले देशका ७१ जिल्लामा २११ शाखा, १४७ एटिएम र ४५ वटा काउन्टरमार्फत सेवा प्रदान गरिरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...