News Portal

  • गाईजात्रालाई औपचारिकतामा सिमित गर्न अनुरोध

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ भदौ २०७८
    ७१७ पटक
    भक्तपुर, २ भदौ २०७८

    भक्तपुरको गाईजात्रालाई औपचारिकतामा सिमित गर्न नगरबासीलाई अनुरोध गर्ने निर्णय गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको जात्रासँग सम्बन्धित सरोकारवालाहरूको बैठकले उक्त निर्णय गरेको हो ।

    बुधवार नगरपालिकाको कार्यालयमा सम्पन्न बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ महामारीका कारण यस वर्ष २०७८ को सापारु र गाईजात्रा अवधिभर घिन्ताङ्घिसि र अन्य सास्कृतिक नाचगान प्रदर्शन नगरी सामान्य औपचारिकतामा सीमित गरेर मनाउन दाफा भजन, सास्कृतिक समूह, मृतक परिवारलगायत सम्पूर्ण नगरवासीहरूलाई अनुरोध गर्ने निर्णय गरेको नगरप्रमुखको प्रेस संयोजक कीर्तिका प्रजापतिले जनाएकी छन् । काठमाडौं उपत्यकालगायत देशैभरी संक्रमण दिनानुदिन बढिरहेको र भक्तपुर जिल्लामा समेत कोभिड १९ संक्रमणको कारण मृत्यु हुने मृतकको संख्या दिनदिनै बढिरहेको वर्तमान विषम परिस्थितिमा मृत्यु संस्कारको रुपमा ऐतिहासिक कालदेखि मनाउंदै आएको गाईजात्राबारे औपचारिकतामा सिमित गर्ने बिषयमा बुधवार औपचारिक निर्णय गरिएको उनले बताइन।

    बैठकमा नगर प्रमुख प्रजापतिले कोभिड जोखिमका कारण नजिकिँदै गरेको सापारु पर्व र गुन्हीपुन्हीलाई शान्तिपूर्ण र सुरक्षित ढंगले औपचारिकतामा सीमित गर्न सरोकारवाला पक्ष, वडा वडाका सांस्कृतिक गुरु एवम् सांस्कृतिक प्रतिनिधिहरूसँग चरणबद्ध रुपमा छलफलमा रहेको जानकारी गराएका थिए ।

    कोभिड नियन्त्रणको उपाय भनेकै खोप अभियान प्रभावकारी सञ्चालन गर्नु रहेको हुँदा भक्तपुर नपाले नगरका सबै वडाहरूमा व्यवस्थित ढंगले खोप अभियान सञ्चालन गरिरहेको उनको भनाइ छ । साथै जनतालाई कोभिडबारे सचेतना जगाउन नियमित रुपमा माइकिङ, गाईजात्रा प्रदक्षिणा मार्गमा निर्माण सामाग्री हटाउन र सापारुको दिन भीड नहुने गरी पर्व मनाउन जनतालाई आग्रह गरिरहेको प्रमुख प्रजापतिले प्रष्ट पारे  ।

    बैठकमा भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले गाईजात्रा पर्वको अवसरमा भीडभाड नहुने गरी औपचारिकतामा सीमित गरी सम्भावित संक्रमण बाट बच्नु र समुदायलाई बचाउनु सबैको कर्तब्य भएको बताए  । सम्भावित भीड रोक्न र अपराध नियन्त्रण गर्न प्रहरीलाई जनप्रतिनिधि र स्थानीय जनताले सहयोग गर्ने उनले विश्वास व्यक्त गरेका थिए । त्यसैगरी गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले संस्कृति बचाउन जात्रालाई औपचारिकतामा सीमित गरी मनाउनु नै उत्तम बिकल्प भएको स्पष्ट पारे ।

    बैठकमा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवा, काठमाडांै उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत प्राधिकरण, विभिन्न केबल नेटवर्कका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायहरुले जात्रा अवधिभर स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न, खानेपानीको व्यवस्थापन गर्न, विद्युत कटौती नगर्न, अव्यवस्थित तार र केबुलहरूको व्यवस्थापन गर्न आ–आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता प्रकट गरेका नगरपालिकाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...

    एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक...

    समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका...

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...