News Portal

  • भक्तपुरको सेवा घरलाई सहयोग गरी अस्ट्रेलियाको मेलवर्नमा मनाइयो जन्मदिन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ भदौ २०७८
    १२८६ पटक
    भक्तपुर, २ भदौ २०७८

    भक्तपुरको कटुन्जे घर भई लामो समय देखि अस्ट्रेलियाको मेलवर्नमा बसोबास गर्दै आएका संचारकर्मी एवं साहित्यकार सुशील चालिसे र उनकी पत्नी अनिता भण्डारी चालिसेले भक्तपुरस्थित सेवा घरलाई आर्थिक सहयोग गरेका छन् । ७ वर्षिया छोरी शायना चालिसे र ४ वर्षिया छोरी समिका चालिसेको एकैदिन परेको जन्मदिनको अवसर पारेर उनीहरुले सेवा घरलाई आर्थिक सहयोग गरेका हुन् ।

    बुधवार हजुरबुबा सूर्यप्रसाद चालिसे र हजुरआमा अम्बिका चालिसेमार्फत सेवा घरलाई पच्चीस हजार रुपैया सहयोग प्राप्त भएको सेवा घरले जनाएको छ । मानवीय सेवालाई महत्व दिएर गरिएको सहयोगले समाजलाई सकारात्मक उर्जा दिने सेवा घरका संचालकले बिश्वास व्यक्त गरेका छन् ।

    चाँगुनारायण नगरपालिकाको झौखेलस्थित मानव सेवा समाजद्वारा संचालित सेवा घर करिब साठी जना घरबारबिहीन जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुको आश्रय स्थलको रुपमा रहेको छ । नेपालीहरू मात्रको साथ, सहयोग अनि सहभागीता(मुठ्ठीदान)बाट सेवा घर संञ्चालनमा रहेको मानव कल्याण समाज(सेवा घर) ले बताएको छ ।

    चालिसे दम्पतीले आफ्ना छोरीहरुको प्रत्येक जन्मोत्सवमा कुनै न कुनै सामाजिक संस्थालाई आर्थिक सहयोग प्रदान गर्दै आएका छन् । गत साल उनीहरुले कलाकारद्वय सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे(सुन्तली)द्वारा संचालित सामाजिक सस्था धुर्मुस सुन्तली फाउन्डेसनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ४३ हजार ३ सय ५७ रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

    चालिसे दम्पतीले यस अघि राधा पौडेल आबद्ध संस्था एक्सन वर्क नेपाल,दिक्षा चापागाईं आबद्ध पबित्र समाज नेपाल, नायिका स्वेता खड्काले सन्चालन गरेको स्वेता श्री फाउण्डेशन र गौतम लामिछाने एवं पद्मा पाण्डेद्वारा सन्चालित सामाजिक संस्था विरुवा नेपाललाई आर्थिक सहयोग गरी सामाजिक सेवामा जोडिएका थिए।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...