News Portal

  • भक्तपुरमा अध्यक्ष ओलीको भविष्यवाणी : नेपालले नयाँ पार्टीलाई प्रचण्डको टाङ्गमुनी पुर्याउछन्

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३ भदौ २०७८
    १०३८ पटक
    भक्तपुर, ३ भदौ २०७८

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टीलाई प्रचण्डको टाङ्गमुनी पुर्याउने आरोप लगाएका छन् । बिहीवार भक्तपुर जिल्ला पार्टीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त आरोप लगाएका हुन् ।

    वरिष्ठ नेता नेपालले नयाँ पार्टीको नाउँमा एमालेका नेताकार्यकर्तालाई बेच्न लागेको उनले बताए । नेता नेपालले नेपाली काँग्रेस र माओवादी केन्द्रलाई एमाले बेच्न लागेका जिकिर गर्दै उनले भने ”अन्तिममा माधव नेपालले पार्टीलाई प्रचण्डको टाङ्गमुनी मुनी छिराउछन् ।”

    शेर बहादुर देउवा नेतृत्वको सरकारले काँग्रेस बलियो बनाउन नसकेपछि एमाले कमजोर बनाउन अध्यादेश ल्याएको उनको आरोप छ । पार्टी फुटाउन २० % को व्यवस्था कानुन बिपरित भएको जिकिर गरेका ओलीले आफूले चाहे २० % त के नेता नेपाललाई १० % पनि पुर्याउन नदिने दावी गरे । तर, उनले किन त्यसो चाहेका छैनन् भन्ने बारे भने केहि खुलाएनन् ।

    उक्त अवसरमा अध्यक्ष ओलीले नेता नेपाल बाहेकका नेताकार्यकर्तालाई पार्टी नफ़ुटाउन आग्रह समेत गरे । नेपालसंग कार्यकर्ता नभएको दावी गरेका ओलीले उनको पछि लागेर पार्टी अफ़ुटाउन आग्रह गर्दै भने ”माधव नेपालको पछि लागेर निर्वाचन आयोगमा पुगेका साथीहरु आउनुस् । त्यो लिस्टबाट नाम कटाएर आउनुस्, आफ्नो राजनीतिक भविष्य अध्यारो नबनाउनुस् ।”

    माधव नेपालले ३३ सिटमा खुम्चाएको एमालेलाई आफूले बहुमत दिलाएको दावी गर्दै अध्यक्ष ओलीले दोश्रो अध्यक्ष दिन्छु भन्दाभन्दै नेपालले नमानेर अध्यक्ष पदका लागि पार्टी फुटाउन निर्वाचन आयोगमा पुगेका आरोप लगाए । नेपाल असक्षम नेता भएको भन्दै उनले भने,”अध्यक्ष हुँदा पार्टीलाई पातालमा पुर्याएर आफै राजिनामा दिएको र प्रधानमन्त्री हुँदा बदनाम भएर बाहिरिएको मान्छे हो माधव नेपाल ।”

    अध्यक्ष ओलीले वर्तमान सरकार एमाले बिरोधी रहेको भन्दै त्यसको प्रतिवाद गर्ने समेत उद्घोष गरे । सरकारले बिरोध गर्दा दमनको नीति लिएको उनको आरोप छ । उनले आफ्नो सरकारको पालामा भएका कामका फ़ेयरिस्त बोकेर जनताकोमा जान कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । निर्वाचनपछि आफ्नै सरकार हुने उनको भनाइ रहेको छ ।

    कार्यक्रममा भक्तपुरका संघीय सांसद समेत रहेका नेकपा एमालेका नेता महेश बस्नेतले भक्तपुरबाट १ जना पनि जनप्रतिनिधि नेपाल तिर नलागेको जिकिर गर्दै एमालेको अवस्था भक्तपुरमा बलियो रहेको बताए ।” हामीसंग उल्टै माओवादी केन्द्रका १२ जना जिल्ला सदस्य र काँग्रेस, नेमकिपा लगायतबाट ठुलो संख्यामा थपिएका छन् । हामी अझ बलियो बनेका छौं ” उनले भने ।

    जिल्ला अध्यक्ष बचन देउजाको अध्यक्षतामा संचालित कार्यक्रमको संचालन सूर्यविनायकका मेयर समेत रहेका जिल्ला नेता बासुदेव थापाले गरेका थिए । उक्त अवसरमा बागमती प्रदेश स्तरीय भक्तपुरका नेता, निर्मल भट्टराई, जिसस प्रमुख समेत रहेका अर्का नेता नवराज गेलाल,नेकपा एमालेबाट निर्वाचित प्रदेश सांसदहरु, नगरपालिकाका प्रमुख उपप्रमुख लगायत जनप्रतिनिधिहरु, जनवर्गीय संगठनका नेताहरु तथा कार्यकर्ताहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...