News Portal

  • पूर्वमन्त्री पुनको प्रश्न, हामीले ब्युत्याएको संसदमा हामीलाई नै उपदेश दिने कहाँको नैतिकता हो?

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ भदौ २०७८
    १२०१ पटक
    भक्तपुर, ५ भदौ २०७८

    नेकपा(माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले बिघटन गरेको संसदमा उभिएर उपदेश नदिन निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र भक्तपुरका संघीय सांसद महेश बस्नेत लगायतका सांसदलाई आग्रह गरेका छन् । ”हामीले ब्युत्याएको संसदमा ठुल्ठुला कुरा गरी हामीलाई नै उपदेश दिने कहाँको नैतिकता हो ?” भक्तपुर आएर उनले भक्तपुरको बालकोट निवासी निवर्तमान प्रधानमन्त्री ओली, सांसद बस्नेत लगायत एमालेका सांसदहरुलाई प्रश्न गरेका हुन् ।

    शनिवार भक्तपुरमा आयोजित वाइसिएलको सूर्यविनायक नगर भेलालाई सम्बोधन गर्दै नेता पुनले निवर्तमान प्रधानमन्त्री ओली र उनका समर्थक सांसदलाई पदबाट राजिनामा दिएर नैतिकता देखाउन समेत सुझाव दिएका छन् । दुई दुई पटक बिघटन गरेको संसद पुनर्स्थापना भएकोले आफूहरु यसको सदस्य नहुने निर्णय गरी बिघठनकारीहरुले राजनीतिक इमान्दारीता देखाउनुपर्ने उनको दावी छ । एमाले सांसदले नयाँ निर्वाचनबाट निर्वाचित नहुँदा सम्म संसद सदस्य हुनु बेसर्मीको विषय भएको भन्दै पूर्वमन्त्री पुनले तुरुन्तै पद त्याग गर्न र तलव भत्ता नलिने घोषणा गरी राजनीतिक नैतिकता प्रदर्शन गर्न आग्रह गरे ।

    तर, एमाले अध्यक्ष ओली र उनका पछि हिड्नेहरु संग नैतिकताको आश गर्नु बेकार भएको उनले बताए । ”आज राजनीतिमा अनैतिकता मात्र भएको र इमान्दारीताको कुनै सानो अंश पनि नभएको प्रवृत्ती केपी ओली प्रवृत्तीको रुपमा देखा परेको छ ।” उनले आरोप लगाए । उनलाई बा’ भन्दै उनको मूर्ती बोकेर हिड्नेहरु बिचार शुन्य व्यक्तिहरु पराजित बनेका र यो जित राजनीतिमा इमान्दारीता र बिचारको जित भएको उनले जिकिर गरे ।

    लोकतन्त्रमा जनतामाथि कोही शासक नहुने भन्दै नेता पुनले जनताको मालिक बन्न खोज्दा ओली प्रवृत्ती पराजित बनेको र यसलाई राजनीतिमा पाठको रुपमा सबैले ग्रहण गर्नुपर्ने प्रष्ट पारे । सांसदहरु जनताका वारेश मात्र भएका भन्दै उनले त्यसलाई जे मन लाग्यो त्यही गर्न पाउने अर्थमा बुझ्नु नहुने बताए । ”जनता सचेत छन् जनप्रतिनिधि राजा, रानी बन्न खोजे त्यो दुई दिन पनि टिक्दैन ।” उनले भने । सामन्ती सोच, व्यक्तिवादी चिन्तन, दम्भ र घमण्डले ७ प्रदेशमा छ वटा प्रदेशमा आफ्नो सरकार र संघमा दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरेका ओली अहिले प्रमुख प्रतिपक्षी नेता समेत नरहने स्थितिमा आइपुगेको उनले बताएका छन् ।

    उक्त अवसरमा नेता पुनले परीवर्तन र अग्रगमनको नेतृत्व नेकपा(माओवादी केन्द्र) ले गरिरहेको जिकिर गर्दै पार्टीका नेताकार्यकर्ता सधै आन्दोलनमै रहनुपर्ने आवश्यकता समेत औल्याएका थिए ।देशको मात्र नभई पार्टी भित्रका बिकृती विसंगती समेत हटाउनु पार्टीका इमान्दार नेताकार्यकर्ताको कर्तब्य भएको भन्दै उनले यसको अभिभारा युवाहरुले उठाउनुपर्नेमा जोड दिए । युवाको क्रान्तिकारी बिचार र जोशले मात्र पार्टी, समाज र देश समृद्ध बन्ने बताउदै उनले युवाहरु राजनीतिमा अगाडी आउनुपर्ने प्रष्ट पारे । देशैभर युवाहरुको आकर्षण माओवादी केन्द्रमा देखिएको दावी गर्दै उनले आगामी निर्वाचनमा पार्टीले पहिला स्थान प्राप्त गर्ने समेत घोषणा गरे ।

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले भक्तपुरमा पार्टीका अध्यक्ष नै युवा रहेको बताउदै पार्टीमा युवाहरुलाई उचित जिम्मेवारी दिइने प्रतिवद्धता प्रकट गरेका थिए । उनले वाइसिएलले भ्रष्टाचार र दुराचारको भण्डाफोर गर्नुपर्ने भन्दै समाजले भरोषा गर्ने शक्तिको रुपमा कार्य गर्न मार्गनिर्देश समेत गरे ।

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं वाइसिएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले सबै युवालाई वाइसिएल बनाउनुपर्ने धारणा व्यक्त गरे । बिचारले प्रशिक्षित नहुँदा युवाहरु मिसगाइड भएका हुनसक्ने भन्दै उनीहरुलाई सही बाटोमा ल्याउने काम वाइसिएलले गर्नुपर्नेमा उनले जोड दिए । वाइसिएल शारीरिक मात्र नभई बैचारिक तालिम युक्त भएकोले आफूहरु अरु पार्टीका युवा संगठन जस्तो उत्तेजित भै नहाल्ने जिकिर गर्दै अध्यक्ष दीपशिक्षाले वाइसिएललाई नजिस्काउन चेतावनी समेत दिए ” हामी हतियार समाएर मात्र होइन, बनाएर र पड्काएर आएका हौँ, हामीलाई हेपेर कसैले समाजमा वा राजनीतिमा जे पनि गर्न सकिन्छ भन्ने सोचे त्यो सह्य हुदैन ।” उनले भने ।

    उक्त अवसरमा पार्टीका भक्तपुर जिल्ला अध्यक्ष डिपी ढकालले निवर्तमान प्रधानमन्त्री केपी ओलीले ३ वर्ष शासन चलाउदा ४ खर्ब बेरुजु आएको महालेखाको प्रतिवेदन प्रति टिप्पणी गर्दै निवर्तमान प्रधानमन्त्री ओलीले देशमा भ्रष्टाचारलाई बढावा दिएको बताए । उनको कार्यकालमा एउटा पनि ठुला बिकासका आयोजना शुरु नभएको भन्दै उनले ओलीले गरेका बिकास र सम्बृद्धिका कुरालाई बकम्फुसे गफको संज्ञा दिए ।

    उक्त अवसरमा बागमती प्रदेश सांसद प्रतिमा श्रेष्ठ, वाइसिएल नेताहरु कसम गुरुङ, दिनेश थपलिया आक्रोश, सविन आचार्य, नरेश वाइवा नरेश रंजित लगायतले समेत सम्बोधन गरेका थिए । वाइसिएलका सूर्यविनायक नगर अध्यक्ष सुरेन्द्र सुवालको अध्यक्षतामा संचालित कार्यक्रमको संचालन भने वाइसिएल नेता सरराज उप्रेतीले गरेका थिए । कार्यक्रममा नगरपालिकाका १ सय बढी युवाहरु वाइसिएलमा प्रवेश गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...