News Portal

  • नागरिक सञ्जालद्वारा प्रतिवेदन पेश,दरबन्दी मिलान गर्न नसकिने चाँगुनारायणका मेयरको दुखेसो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ भदौ
    ११६१ पटक
    som sharmaभक्तपुर, ११ भदौ

    नागरिक समाज सञ्जाल भक्तपुरले चाँगुनारायण नगरपालिकालाई तीन वटा अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ । बिहीवार नगरप्रमुख सोमप्रसाद मिश्र र उपप्रमुख विणा बास्तोलालाई उक्त प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

    मानव अधिकार सञ्चार प्रतिष्ठान, नेपाल (ईरिकन)को अगुवाईमा तयार पारिएको तरकारी बालीमा किटनाशक औषधीको प्रयोग, मात्रा र असर परीक्षण गर्ने प्रावधान स्थानीय कृषि नीतिमा राख्न पैरवी गर्ने, सार्वजनिक विद्यालयको अनुगमन र कोभिड नियन्त्रणमा गरिएको सार्वजनिक खर्चको सोधखोज सम्बन्धी तीन वटा अध्ययन प्रतिवेदन नगरप्रमुख सोमप्रसाद मिश्र र उपप्रमुख विणा बास्तोलालाई हस्तान्तरण गरिएको थियो ।

    प्रतिवेदनहरु चाँगुनारायण नगरपालिकाका सम्बन्धीत निकाय र स्थानमा स्थलगत भ्रमण गरी सरोकारवालाहरुसँग छलफल, प्रश्नोत्तर विधिबाट प्राप्त नतिजालाई विष्लेषण गरी तयार गरिएको ईरिकनका कार्यक्रम व्यवस्थापक पंकजराज देवकोटाले दावी गरेका छन् । प्रतिवेदन तयार गर्नेक्रममा नेपालको संविधान, राष्ट्रिय नीति, नियम, ऐन तथा कार्यविधि र स्थानीय तहको नीतिगत व्यवस्थाको अध्ययन, अनुसन्धान र विष्लेषण समेत गरिएको उनले जानकारी दिए ।

    प्रतिवेदनमा प्राप्त सकारात्मक र नकारात्मक दुवै नतिजा समावेश गरिएको र त्यसका आधारमा सुझावहरु समेत समावेश गरिएको गैर सरकारी संस्था (गैसस) भक्तपुरका अध्यक्ष नारायण प्रसाद न्यौपानेले बताए ।

    अध्ययनका क्रममा सार्वजनिक विद्यालयहरुमा विषयगत शिक्षकको अभाव, सरसफाई र स्वच्छ खानेपानीको अभाव देखिएको गैसस भक्तपुरका कोषाध्यक्ष पहलमान श्रेष्ठले प्रष्ट पारे ।

    नागरिक समाजका सदस्य जयराम थापाले स्थलगत अध्ययनका क्रममा सार्वजनिक विद्यालयहरुमा विद्यार्थीको संख्या न्यून देखिएकाले शैक्षिक स्तरबृद्धि सँगसँगै विद्यार्थी संख्या बृद्धि गर्नेतर्फ पनि कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

    प्रतिवेदन हस्तान्तरण गर्दै नेपाल बार एशोसियसन भक्तपुरका अध्यक्ष रविन्द्र प्रधानले प्रतिवेदन नगरपालिकाको नीति निर्माण स्रोत सामग्रीको रुपमा उपयोग हुनेमा विश्वास व्यक्त गरे ।

    सो अवसरमा नगरप्रमुख सोमप्रसाद मिश्रले प्रतिवेदनले औंल्याएका विषयवस्तुको विस्तृत अध्ययन गरी नगरपालिकाले नीतिगत निर्णय गरी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    सार्वजनिक विद्यालयको शैक्षिक सुधारका लागि नगरपालिकाले धेरै कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उनले शिक्षकको दरवन्दी मिलान राष्ट्रिय स्तरको नीतिगत विषय भएकोले स्थानीय सरकारले केही गर्न नसकेको स्पष्ट पारे । त्यसैगरी उनले नगरपालिकाको खर्च थप पारदर्शी बनाउने समेत प्रतिवद्ध प्रकट गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...