News Portal

  • पुस्तकालयलाई स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा अध्यक्ष बिजुक्छेंको जोड

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ भदौ
    १२९९ पटक
    bijukchheभक्तपुर, १५ भदौ

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले जनतालाई शिक्षित र देशलाई समृद्ध बनाउन पुस्तकालयको महत्वपूर्ण भूमिका रहने बताएका छन् । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा मंगलबार भक्तपुर नगरपालिका द्वारा आयोजित विचार गोष्ठी लाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेंले सो कुरा बताएका हुन् ।

    पुस्तकालय भनेको ज्ञानको भण्डार भएको भन्दै अध्यक्ष बिजुक्छेँले यसको बिकासमा स्थानीय सरकारले साथ् र सहयोग दिनुपर्नेमा जोड दिए । नेपालका पुस्तकालयहरु अझै व्यवस्थापन हुन बाँकी रहेकोमा दुख व्यक्त गर्दै उनले स्थानीय सरकारको ध्यान जानुपर्ने आवश्यकता औल्याए ।

    भक्तपुरमा रहेको सार्वजनिक पुस्तकालयहरुको व्यापक सदुपयोग गर्नपर्ने बताउदै उनले पुस्तकालयहरुको स्तरवृद्धि गर्न र व्यवस्थित सञ्चालनको लागि आर्थिक प्राविधिक प्राज्ञिक लगायत आवश्यक सहयोग गर्न निर्देशन समेत दिएका थिए ।

    समाजमा आमूल परिवर्तनको निम्ति शिक्षा नै प्रमुख जग भएको भन्दै अध्यक्ष बिजुक्छेले हरेक विद्यालय तथा शैक्षिक संस्थाहरुमा सुविधायुक्त पुस्तकालयको अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुझाव समेत दिएका थिए ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले जनज्योति पुस्तकालय संचालन गरिरहेको अवगत गराउदै यसलाई थप व्यवस्थित र समायानुकूल सुधार गर्ने प्रयास गरिरहेको बताए ।

    पुस्तकालय नयाँ बिषय अध्ययन अनुसन्धान गर्नेहरुको लागि अत्यन्त उपयोगी ठाउँ भएको भन्दै प्रमुख प्रजापतिले प्राचीन पुस्तक र पत्रपत्रिकाहरु पनि पुस्तकालयहरुमा सुरक्षित गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

    उक्त अवसरमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी,इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, कार्यपालिका सदस्य छोरीमैया सुजखु (प्रजापति),वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ,भक्तपुर पुस्तकालय संघका अध्यक्ष सुरेन्द्र दुवाल, प्रगति पुस्तकालयका अध्यक्ष रबिन्द्रप्रसाद कुसी, सहिद राजकुमार स्मृति पुस्तकालयका अध्यक्ष कृष्णप्रसाद सुवाल र सहिद स्मृति पुस्तकालयका अध्यक्ष नारायणप्रसाद मचामसीले पुस्तकालयहरुको इतिहास, वर्तमान अवस्था र चुनौतीहरुबारे आआफ्नो धारणा व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...