News Portal

  • भक्तपुरमा गर्जिए देउवा : दुर्लभ थापालाई सांसद बनाउने उद्घोष

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, १८ भदौ
    १७५३ पटक
    भक्तपुर, १८ भदौ

    प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुर -२ बाट आफ्नो पार्टीले जिल्ला सभापति दुर्लभ थापालाई प्रतिनिधि सभाको उम्मेदवार उठाउने उद्घोष गरेका छन् । त्यतिमात्र होइन, उनले जिल्ला सभापति दुर्लभ थापाले चुनाव जित्ने समेत दावी गरे ।

    शुक्रवार सूर्यविनायक नगरपालिका वडा नं. ५ को वडा अधिवेशनलाई सिर्जनानगरमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले उक्त दावी गरेका हुन् । नेकपा एमालेका नेता एवं भक्तपुर २ का संघीय सांसद महेश बस्नेतले केहि दिन अघि आगामी निर्वाचनमा आफूले देउवालाई नै हराइदिने अभिव्यक्ति प्रति प्रधानमन्त्री देउवाले आक्रोस समेत व्यक्त गरे । उनले आफुलाई नभई जिल्ला सभापति दुर्लभ थापालाई निर्वाचनमा हराउने हैसियत बनाउन सांसद बस्नेतलाई सुझाव समेत दिए ।

    बस्नेतकै गृहनगरमा पुगेर गर्जिएका प्रधानमन्त्री देउवाले सांसद बस्नेतलाई हैसियत नभएको समेत भन्न भ्याए । सम्बोधनको क्रममा जिल्ला सभापति थापाले नेता बस्नेतले आफ्नो पार्टीको केन्द्रीय सभापतिका बारे बोल्न नसुहाउने प्रसंग उप्काएपछि प्रधानमन्त्री देउवाले  त्यसको प्रतिक्रिया दिएका थिए ।

    भक्तपुरमा मात्र नभई देशमै कांग्रेसलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन महाधिवेशन सफल बनाउनुपर्ने आवश्यकता औल्याउदै उनले महाधिवेशनबाट योग्य र सक्षम नेतृत्व चयन हुने बिश्वास समेत व्यक्त गरे ।

    अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर पार्टीमा एकताको सन्देश दिन आग्रह गर्दै देउवाले संवैधानिक संकट आउन सक्ने भएकाले कोरोनाको जोखिमकाबीच महाधिवेशन गर्नु परेको बताए ।

     

    कार्यक्रममा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले कांग्रेसको महाधिवेशनलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमै चासोका साथ हेरिएको बताउँदै कांग्रेस मुलुकको जेठो र लोकतान्त्रिक पार्टी भएकोले कांग्रेसको महाधिवेशनको सफलता मुलुकको सफलतासंग जोडिएको जिकिर गरे ।

    वडा इकाई सभापति राजु ढुंगेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापा, सचिव निशान ढुंगेल लगायतले जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भैरहेको बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...