भक्तपुर, २४ भदौ २०७८अनेरास्ववियू(क्रान्तिकारी) को प्रथम चाँगुनारायण नगर सम्मेलन सम्पन्न भएको छ । नगरको नेतृत्व चयन गर्दै नगर सम्मेलन सम्पन्न भएको हो ।
जिल्ला अध्यक्ष बिराज थापाले दिएको जानकारी अनुसार महेश कार्कीको अध्यक्षतामा २३ सदस्यीय चाँगुनारायण नगर कमिटी निर्वाचित भएको छ । कमिटीको उपाध्यक्षमा जीवन बस्नेत र दिवस खड्का त्यसैगरी सचिवमा इश्वर श्रेष्ठ, सहचिव्मा उपेन्द्र गिरी निर्वाचित भएका छन् । कोषाध्यक्षमा शान्ति कपाली रहेको बताइएको छ ।
नेकपा(माओवादी केन्द्र) को विद्यार्थी संगठनको रुपमा रहेको अनेरास्ववियू(क्रान्तिकारी) को पहिलो नगर सम्मेलन बाट निर्वाचित नगर कमिटीलाई पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्मले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।
सम्मेलनमा प्रमुख अतिथि रहेका प्रजापतिले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न विद्यार्थी नेतृत्व सक्षम हुनुपर्ने आवश्यकता औल्याएका थिए । विद्यार्थीको हकहितको लागि मात्र नभई देश र जनताको समेत हकहितको लागि बोल्नु र आन्दोलन गर्नु सबै सचेत विद्यार्थीको दायित्व भएको भन्दै उनले त्यसको नेतृत्व अनेरास्ववियू(क्रान्तिकारी)ले गर्नुपर्ने ध्यानाकर्षण गराए ।
”विद्यार्थीले पढाइ संगै राजनीतिलाई बुझ्दै अघि बढ्नुपर्छ तर, पढाइमा ध्यान नदिएर राजनीतिमा मात्र ध्यान दिनु हुँदैन ।” उनले भने । विद्यार्थी वौद्धिक र क्रान्तिकारी चेतनायुक्त भएकाले समाजमा साकारात्मक प्रभाव पार्न्सक्नुपर्नेमा जोड दिंदै उनले पार्टीलाई जनप्रिय बनाउन विद्यार्थी वर्गले खेल्ने भूमिका महत्वपूर्ण हुने बताए ।
अनेरास्ववियू(क्रान्तिकारी) ले शैक्षिक र सामाजिक बिकृती विरुद्ध अभियान चलाउनुका साथै भ्रष्टाचार र राजनीतिक बिकृती विरुद्ध समेत आन्दोलन गरी देशमा सुशासन कायम गर्न सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
उक्त अवसरमा पार्टीका चाँगुनारायण नगर इन्चार्ज रामशरण दाहाल, अध्यक्ष नरेश खड्का त्यसैगरी विद्यार्थीका जिल्ला इन्चार्ज रमेश खड्का, अध्यक्ष बिराज थापा विद्यार्थी नेताहरु प्रकाश केसी, भागवत कार्की लगायतको आतिथ्यता रहेको थियो ।