News Portal

  • भक्तपुरका सफल व्यक्तित्वको रुपमा रहेका विश्वराम कवांको जीवन यात्रा सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ भदौ २०७८
    १२४८ पटक
    भक्तपुर, २६ भदौ २०७८

    भक्तपुरका सफल व्यक्तित्वको रुपमा रहेका विश्वराम कवांको जीवन यात्रा सार्वजनिक भएको छ । कवांको जीवनीमा आधारित ‘मेरो जीवन यात्रा’ नामक पुस्तक सार्वजनिक भएको हो ।

    शनिवार एक कार्यक्रमवीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तकको विमोचन गर्दै प्रमुख प्रजापतिले विश्वरामको पुस्तक समाजका लागि प्रेरणादायी रहेको बताए । उनले समाजमा सकारात्मक काम गर्ने व्यक्ति सबैको साझा हुने र समाज उत्थानको श्रोत बन्ने बताए ।

    उक्त अवसरमा लेखक कवांले आफ्नो जीवन अरुलाई बताउन पाउदा आनन्द मिलेको बताए । पुस्तक विक्रीबाट उठेको रकम सुस्त मनस्थिति अभिभावक संघ सहयोगार्थ प्रदान गर्ने समेत उनले जानकारी गराए । पुस्तक एक सय ४५ पृष्ठको रहेको छ । पुस्तकको सम्पादन पत्रकार कृष्ण किसीले गरेका छन् ।

    भक्तपुर नगरपालिका वडा नं ७ मा जन्मेका विश्वराम अहिले ६१ वर्षका भए । पुस्तकमा लेखकले आफनो बाल्यकालदेखि अहिलेसम्मको जीवन यात्राका बारेका विभिन्न पक्षहरुको बयान गरेका छन् ।

    पुस्तक ६ खण्डमा विभाजित छ । पारिवारिक जीवन र विश्वराम कवां, खेलकुदमा विश्वराम कवां, शिक्षामा विश्वराम कवां, भक्तपुर काण्ड र विश्वराम कवां, सामाजिक कार्य र विश्वराम कवां र व्यवसायिक यात्रा र विश्वराम कवां गरी पुस्तक ६ भागमा विभाजित छन् ।

    सुरुमा शिक्षण पेशा रोजेका विश्वराम अहिले भक्तपुरका चर्चित व्यवसायिमा गनिन्छन् । शिक्षण पेशाबाट सेवा निवृत्त भएपछि उनले व्यवसायिक जीवन सुरु गरेका थिए । यो वीचमा उनी खेलकुद जीवनमा पनि लागेका थिए । साथै उनी समाजसेवी पनि हुन् । पुस्तकमा उनले आफना जीवनका यिनै पाटोहरुको बारेमा चर्चा गरेका छन् ।

    पुस्तकमा उनको बारेमा विभिन्न ९ जना विद्धानहरुले लेखेका कुराहरु ठाउँंठाउँंमा प्रस्तुत गरिएको छ । उनको शिक्षण पेशा, उनको खेलकुद, उनको समाजसेवा, उनको व्यवसाय आदि विषयमा बुझेकाचिनेका व्यक्तिले उनकोबारेमा लखेको विषयवस्तु वीचवीचमा पुस्तकका समावेश छन् । खेलकुद जीवनकोबारेमा रवीन्द्र खर्वुजा, शिक्षणबारेमा डा किशोर हाकुदुवाल, सामाजिक कार्यकोबारेमा रामगोपाल कर्माचार्य, ज्ञानसागर प्रजापति, भक्त राजभण्डारी, नारायणबहादुर दुवाल, न्हुछेभक्त कवां, रामगोपाल कर्माचार्यलगायतले उनको बारेमा लेखेका छन् ।

    विमोचन समारोहमा विभिन्न व्यक्तित्वहरुले प्रकाशित पुस्तकबारे चर्चा परिचर्चा गर्दै लेखक कवांको व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...