News Portal

  • चाँगुनारायणमा काँग्रेसले राप्रपासंग लिएको ऋण चुक्ता गर्न बाँकी छ : अध्यक्ष जबरा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ भदौ २०७८
    ३००८ पटक
    भक्तपुर, २७ भदौ २०७८

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशमसेर जबराले भक्तपुरको चाँगुनारायणमा नेपाली काँग्रेसले लिएको ऋण चुक्ता गर्न बाँकी रहेको खुलासा गरेका छन् । जिल्ला समायोजन घोषणा सभालाई आइतवार कमलविनायकमा सम्बोधन गर्दै उनले उक्त खुलासा गरेका हुन् ।

    जिल्ला पार्टीलाई स्थानीय चुनावको तयारीमा लाग्न निर्देशन दिंदै उनले भने, ”चाँगुनारायणमा हाम्रा राम्रा नेता पनि छन् र त्यहाँ नेपाली काँग्रेसले हामीसंग लिएको ऋण चुक्ता गर्न पनि बाँकी नै छ ।” नेपाली काँग्रेसले भक्तपुरमा राप्रपासंग लिएको ऋण चुक्ता गर्नेकुरा नभुल्न समेत अध्यक्ष जबराले आग्रह गरे ।

    गत उपनिर्वाचनमा चाँगुनारायण क्षेत्र बाट राप्रपाको सहयोग लिएर नेपाली काँग्रेसले प्रदेश सभाका आफ्ना उम्मेदवार कृष्णलाल भडेल लाई बिजयी बनाएको थियो । सो निर्वाचनमा सहयोग गरेवापत चाँगुनारायण नगरपालिकाको निर्वाचनमा राप्रपालाई सघाउने काँग्रेसले सहमती गरेको हल्ला चलेपनि त्यो पुष्टि भएको थिएन । तर, केन्द्रीय अध्यक्ष जबराले नै चाँगुनारायणको स्थानीय चुनावमा काँग्रेसले सघाउने सहमती गरेको सार्वजनिक गरिदिएका छन् ।

    सभालाई सम्बोधन गर्दै अध्यक्ष जबराले साढे तीन वर्ष शासन गरेर कम्युनिष्ट पार्टी तीन टुक्रा भएको भन्दै झन्डै दुई तिहाइको कम्युनिष्ट सरकार हात्ती आयो हात्ती आयो फुस्सा भएको भनेका छन् । विश्वको साम्यवादी शक्तिले बनाइदिएको नेपाली कम्युनिष्ट एकता काम नलाग्ने अवस्थामा पुगेको पनि उनले टिप्पणी गरे । त्यसैगरी काँग्रेस नेतृत्वको गठबन्धन सरकारले २ महिना बित्दापनि मन्त्री मण्डल समेत बिस्तार गर्न नसकेको प्रति व्यंग्य गर्दै उनले अबको राजनीतिक बिकल्प राप्रपा बन्ने बताए ।

    उक्त अवसरमा अर्का अध्यक्ष कमल थापाले अव राप्रपा नफुट्ने दावी गरे । भ्रष्टाचारलाई ठुला दलले शिष्टाचारको अर्थमा बुझेको भन्दै व्यंग्य गरेका थापाले गणतन्त्र केहि सिमित नेताको पोल्टाको तुरुप भएको आरोप समेत लगाए ।

    एमसीसी बारे प्रतिक्रिया दिंदै उनले यो विवाद नेपालीको हितका लागि नभई विदेशी शक्ति राष्ट्रका हितका लागि भएको आरोप लगाए । एमसीसी जस्ता धेरै राष्ट्रघाती सम्झौताहरु तत्काल खारेज गरिनु पर्ने उनको भनाइ छ ।

    जिल्ला अध्यक्ष रामशरण लामिछानेको अध्यक्षतामा संचालित कार्यक्रममा राप्रपाका पूर्व मन्त्रीहरु विक्रम पाण्डे , बुद्दिमान तामाङ ,  टंक ढकाल ,  दिनेश श्रेष्ठ  केन्द्रीय सदस्यहरु रविन्द्र प्रताप शाह, युवती कार्की, रामेश्वर थापा, रामहरी थापा, रामसुन्दर विष्ट, राजेन्द्र लाखा, नरगोविन्द शंखदेव, सानुकाजी हेक्का, मिन सुवेदी, प्रेम बलायर, रविकृष्ण श्रेष्ठ, जमुना थापा, निर्वतमान जिल्ला अध्यक्ष माधव खत्री , युवक केन्द्रिय उपाध्यक्ष राजिव लामिछाने, किसान संगठनका उपाध्यक्ष राममणी न्यौपाने, जिल्ला अध्यक्ष रामशरण लामिछाने, सह अध्यक्ष श्याम नेपाल लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

    उक्त अवसरमा करिब ३ सय जना बिभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका राप्रपा भक्तपुरले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...