News Portal

  • बञ्चरेमा तत्कालै फोहर व्यवस्थापन नहुने, स्थानीय भन्छन्-स्वर्ग जस्तो गाउँ अहिले नर्क जस्तो

    बुद्ध शरण शाही / भक्तपुर पोस्ट काठमाडौं, ७ असोज
    ७०२ पटक
    काठमाडौं, ७ असोज

    काठमाडौँ महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापनला लागि तयार गर्दै गरेको बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ ।

    महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले निर्माणको काम सम्पन्न नभएको र स्थानीयवासीका केही मागका विषयमा थप छलफल गर्नुपर्ने भएकाले उक्त स्थानमा तत्काल फोहर व्यवस्थापन गर्न नसकिने बताए।

    स्थानीयले निर्माण भएको यो संरचना बैज्ञानिक नभएको र हाल फोहर ब्यबस्थापन गरिदै आएको सिसडोल भन्दा भयावह हुने भन्दै बिरोध गर्दै आएका छन् ।

    स्थानीय सनत उप्रेती भन्छन ‘ काठमाडौँ महानगर पालिकाको दवाबमा भवन विभागले केहि संरचना तयार परेको छ तर फोहर फाल्न तयार भएको छैन र पछि हामी जिम्मेवार हुने छैनौ भनेका छन्। यही अवस्थामा फोहर फ्याक्ने हो भने सिसडोल भन्दा भयानक हुने पक्का छ।”

    जनताको मुद्दा कताहो कता आफ्नै ढंग बाट काम गरिरहेको उनले बताए । सिसडोलमा बिगतमा जनता संग सहमत गरे बमोजिम कार्यान्वयन भए फोहर बन्चरे आउन वातावरण बन्ला अन्यथा भए हामी बिरोधको बिकल्प नहुने उनको भनाइ छ ।

    ”सफल र प्राविधिक रुपमा यो बनेकै छैन , हाम्रो माग भनेकै २० बर्ष देखि दुख झेली रहेका जनता सम्मिलित अधिकार सम्पन्न समिति हो। फोहरलाइ उद्योग को रुपमा बिकास गर्नु पर्यो मानिस बस्न लायकको वैज्ञानिक पद्दति अपनाइनु पर्यो। ” उनले भने ।

    हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा रहेको नुवाकोट सिमाना धादिङ्ग छत्रे देउराली धुनु वेशी बञ्चरेमा बन्दै गरेको ल्याण्ड फिल साइटको पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको भवन बिभागका कर्मचारीले बताएता पनि स्थानीय यो मान्न तयार छैनन्। संगै बनाउने भनिएको दोश्रो ‘सेल’ को निर्माणको थालनी कहिले हुने हो निश्चित भएको छैन। फोहर बात निस्किने तरल प्रदार्थ लिच्चद जम्मा हुने ट्यांकी निर्माण भैसके पनि फिल्टर प्लान भने अलपत्र नै रहेको उनीहरुको आरोप छ।

    सिसडोलमा वि सं २०६२ मा दुई वर्षका लागि मात्र फोहर विसर्जन गर्न सकिने क्षमताको ल्याण्डफिल साइट निर्माण गरिएको थियो । हाल फोहरले भरिसकेको यस स्थान सम्म जान साना सवै साधन जान सक्ने अवस्था छैन। निकै दुर्गन्धित सिसडोल पुग्ने स्थानमा ३०० भन्दा बढी घर रहेका छन् । स्थानिय साइलो बहादुर बलामी भन्छन ‘ स्वर्ग जस्तो हाम्रो गाउँ अहिले नर्क भन्दा कम छैन ’

    उपत्यकाबाट १ हजार २ सय मेट्रिक टन फोहर सिसडोलमा विसर्जन हुन्छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५ सय मेट्रिक टन फोहर निस्किने गर्दछ ।

    हाल उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

    वर्गीकरण नगरीएका यी सबै फोहोर निजी र महानगरका गरी दैनिक दुई सय बढी टिपर-ट्रक ककनी गाउँपालिका– २ को सिसडोल पुग्छन्। काठमाडौं, ललितपुर, भक्तपुरसहित १८ वटै पालिकाको फोहोर यहाँ पुग्ने गरेको स्थानीयको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...