News Portal

  • भक्तपुरमा घरेलु फोहरलाई प्रांगारिक मल बनाउने सम्बन्धी तालिम

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,८ असोज २०७८
    १२०४ पटक
    भक्तपुर,८ असोज २०७८

    भक्तपुर नगरपालिकाले घरेलु फोहरलाई प्रांगारिक मल बनाउने सम्बन्धी तालिम दिएको छ । रिकिसी कम्पोष्ट प्रा.लि. को प्राविधिक सहयोगमा १० दिने तालिम दिइएको हो ।

    भक्तपुर नगरपालिकाका कर्मचारीहरुलाई रिकिसी विधिद्वारा कुहिने फोहरलाई कम्पोष्ट मल बनाउनेसम्बन्धी दशदिने तालिम सम्पन्न गरी बिहीवार प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक कार्यक्रमका बीच ‘जापानिज सी.एन.बी.एम. प्रविधिबाट प्रा·ारिक मल’ बनाउने तालिमका सहभागी प्रशिक्षार्थी र प्राविधिक सहयोग गर्ने रिकिसी प्रालिलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

    उक्त अवसरमा प्रमुख प्रजापतिले यसप्रकारका तालिमले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गर्नुका साथै तालिमबाट प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा सफल कार्यान्वयनमा जोड दिएका थिए ।

    नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले नयाँ नयाँ प्रविधिबारे खोज तथा अनुसन्धान गरिरहेको समेत खुलासा गर्दै फालिएका फोहरबाट मल उत्पादन गरी किसानहरुलाई वितरण गर्ने उद्देश्य रहेको स्पष्ट पारे ।

    कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् वातावरण तथा पर्यटन समितिका संयोजक रबिन्द्र ज्याख्वले कुहिने फोहरका कारण सहर दुर्गन्धित हुने भएकोले नगरपालिकाले कुहिने फोहोर व्यवस्थापन गर्दै मल बनाउने तालिमलाई थप विस्तार गर्दै लाने जानकारी गराए ।

    ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले रिकिसी प्रविधिको उचित प्रयोगबाट फोहोर व्यवस्थापन सहज हुने बताउदै प्रविधिबाट बढीभन्दा बढी लाभ हासिल गर्नुपर्ने बताए ।

    त्यसैगरी रिकिसी कम्पोष्ट आयोजनाका प्रबन्ध निर्देशक उषा गिरीले भक्तपुर नपाले फोहोर व्यवस्थापनमा गर्दै आएको काम निकै सह्रानीय भएको भन्दै संगै काम गर्न पाएकोमा खुशी व्यक्त गरिन ।

    प्रमाणपत्र वितरण कार्यक्रममा कार्यपालिका सदस्य एवम् वातावरण तथा पर्यटन समितिका सदस्यद्वय सुनिता अवाल र सरिना द्योला, प्रशिक्षकको तर्फबाट सुरोज श्रेष्ठ, प्रशिक्षार्थीको तर्फबाट रमेश त्वी त्वी र रमिता तमखूले पनि तालिमको उपादेयताबारे धारणा राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...