News Portal

  • सिडिओ शर्मालाई भक्तपुर नगरपालिकाको स्वागत, सक्रियता बढाउन सुझाव

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० असोज
    ९११ पटक
    भक्तपुर, १० असोज

    भक्तपुरमा भर्खरै सरुवा भई आएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई भक्तपुर नगरपालिकाले स्वागत गरेको छ । आइतवार एक औपचारिक कार्यक्रमका बीच नगरपालिकामा उनलाई स्वागत गरिएको हो ।

    नगरपालिअक द्वारा आयोजित परिचयात्मक कार्यक्रमका क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रजिअ शर्मालाई पुष्पगुच्छा र खादा ओढाई स्वागत गरेका हुन् । कार्यक्रमा उप प्रमुख रजनी जोशी, वडाध्यक्ष रवीन्द्र ज्याख्व, प्रमुख कार्यकारी अधिकृत रामलाल श्रेष्ठ लगायतको समेत उपस्थिति रहेको थियो ।

    उक्त अवसरमा नगर प्रमुख प्रजापतिले २०७२ सालको भूकम्पले पारेको क्षती र पुनर्निर्माणको अवस्थाबारे प्रष्ट पारेका थिए । भक्तपुर नगरपालिकाले आत्मनिर्भरतालाई जोड दिँदै सम्पदा पुनःनिर्माणमा विदेशीको सहयोगलाई भन्दा जनताको साथ, सहयोग र अपनत्वलाई प्राथमिकतामा राखी सम्पदाहरुलाई शानका साथ ठड्याएको उनले जानकारी गराए ।

    ख्वप विश्वविद्यालय सञ्चालन गर्ने नगरपालिकाको उदेश्य रहेको बताउदै उनले भक्तपुर नगरपालिकाद्वारा संचालित शैक्षिक संस्थाहरु उदाहरणीय रहेका बारे अवगत गराए ।

    नजिकिँदै गरेको बडादशैं र तिहारलगायतका चाडपर्वलाई लक्षित गरी चोरी, तस्करी, हिंसालगायतका अपराध न्युनीकरणको लागि जिल्ला प्रशासन कार्यालयले सक्रियता बढाउनुपर्ने नगर प्रमुख प्रजापतिले सुझाव समेत दिए । उनले जिप्रकालाई आवस्यक सहयोग, समन्वय र सहजिकरणका लागि नगरपालिका सधै तत्पर रहेको समेत भनेका थिए ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले शान्ति सुरक्षाको हिसाबले यस अघि आफ्नो कार्यकालमा गुल्मीलाई देशकै तेस्रो वरियतामा पार्न सफल भएको स्मरण गर्दै भक्तपुर लाई पनि सोही अनुभवका आधारमा उत्कृष्ट जिल्ला बनाउने लक्ष बारे बताइन । भक्तपुर अरु नपाभन्दा पृृथक शैलीबाट अगाडि बढिरहेको सन्दर्भमा नगरपालिकालाई आवश्यक सहयोग उपलब्ध गराउन जिप्रका सधै तयार रहेको उनले बताइन ।

    विपद् व्यवस्थापन समितिको बैठक बसी सम्पदा पुनःनिर्माणका बाँकी कार्यहरुलाई तीव्रताका साथ अगाडि बढाउनुपर्नेमा उनको जोड रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...