News Portal

  • नेपाली सेनाको ब्यवहार विरुद्ध खरिपाटीमा प्रदर्शन

    अनिल फोजू / भक्तपुर पोस्ट भक्तपुर, १२ असोज २०७८
    १५६८९ पटक
    भक्तपुर, १२ असोज २०७८

    भक्तपुर । चाँगुनारायण नगरपालिका स्थित नेपाली सेनाको खरिपाटी तालिम केन्द्र हुँदै वडा नम्बर ५ जाने बाटोमा रुखको हागाले लाग्दा दुई जना घाइते भएका छन् । रुख काट्न पटकपटक स्थानीयले गरेको अनुरोध अस्वीकार गर्दा दुर्घटना भएको हो । सोही कारण स्थानीय र सेनाबीच विवाद बढेको छ ।

    सोमबार आएको हावाहुरी सँगै आएको पानीले व्यारेक भएर घर जाने क्रममा व्यारेक भित्रको रुख ढली ११०० भोल्टेजको करेन्ट प्रवाह भईरहेको खम्बामा लाग्दा खम्वा ढली दुई स्थानीय व्यक्ति घाईते भएपछि उक्त विवाद झन चर्केको हो ।

    स्थानीय श्रद्धा बाटा र अनिसा खड्का उक्त बाटो भएर घर जाँदै गर्दा व्यारेक भित्रको रुखको हाँगा खसेको थियो । र उनीहरू घाइते भएका थिए । अहिले उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ ।स्थानीय मिनबहादुर बाटाले घाइते व्यक्तिको तत्काल सेनाले उपचारको जिम्मा लिनु पर्ने आफूहरुको माग रहेको बताए । उनीहरु सेनाको ब्यवहार बिरुद्ध आन्दोलित भएका छन् । स्थानीयले तालिम केन्द्रको गेट अगाडि बिरोध प्रदर्शन समेत गरेका छन् । रुखको हाँगा काट्ने र बाटोको समस्याबारे छलफल गरि समस्या समाधान गर्ने मौखिक सहमति भएको एक सहभागीले बताए । विरोध जुलुसको तयारी गरिरहेका स्थानीयले तत्कालको लागि सो कार्यक्रम स्थगित गरेको जानकारी गराएका छन । बुधवार बस्ने दुई पक्षीय बैठकमा सहमति हुन नसके आफुहरुसंग आन्दोलनको बिकल्प नहुने स्थानीयले बताए ।
    विगत १५ वर्ष देखि उक्त बाटोमा भएका ठूला रुख हटाउन र बाटो विस्तार गर्न पटक पटक व्यारेक सँग समन्वय गर्दा पनि व्यारेकले अटेर गर्दै आएको स्थानीयको आरोप रहेको छ ।

    “हामीले पटक-पटक व्यारेक सँग समन्वय गरी कसरी यी धराप भएका रुखको व्यवस्थापन गर्ने बाटो विस्तार गर्ने भन्ने विषयमा छलफल गर्दा पनि व्यारेकले भने अटेर गर्दै आएको छ ।” चाँगुनारायण नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष जयन्द्र खड्काले बताए ।

    उनका अनुसार उक्त बाटोमा भएका रुख र एक लेनको बाटोका कारण हजारौं स्थानीय व्यक्ति घरमा जान समेत समस्यामा परेका छन । बाटो साँगुरो हुँदा र व्यारेकले बाटोको मापदण्ड सम्म पनि छोड्न नमान्दा बर्षैनी दुर्घटनाको शिकार स्थानीय हुनु परेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...