News Portal

  • शनिवारबाट सूर्यविनायकमा एकीकृत समाजवादीले पार्टी कार्यालय संचालन गर्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ असोज २०७८
    १५२४ पटक
    भक्तपुर, १५ असोज २०७८

    माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरले जिल्ला पार्टी कार्यालय स्थापना गरेको छ । सूर्यविनायकको पाण्डुबजारस्थित कार्यालय शनिवार औपचारिक उद्घाटन गरी संचालनमा ल्याउन लागिएको हो ।

    बाराही सिनेमा हलको बिपरिततर्फ सेन्चुरी बैंकसंगै कार्यालय स्थापना गरिएको छ । पार्टीका महासचिव डा बेदुराम भुसालले शनिवार बिहान ११ बजे जिल्ला पार्टी कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय गरिएको जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले बताए । पार्टी कार्यालय स्थापना पछि कार्यकर्ता प्रशिक्षण कार्यक्रम समेत रहेको उनको भनाइ छ ।

    सोही कार्यक्रमको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरले ठुलो संख्यामा पार्टी प्रवेश गराउने आन्तरीक तयारी समेत गरिरहेको बुझिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...