News Portal

  • कासिछवाको अध्यक्षतामा चाँगुनारायण उद्योग बाणिज्य संघको स्थापना, महासचिवमा लामिछाने

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, १६ असोज २०७८
    १५०२ पटक
    भक्तपुर, १६ असोज २०७८

    भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका युवा व्यवसायी श्रीभक्त कासिछवाको नेतृत्वमा चाँगुनारायण उद्योग वाणिज्य संघको स्थापना भएको छ । कासिछवाको अध्यक्षतामा १३ सदस्यीय सस्थापक कार्यसमिति सहित चाँगुनारायण उद्योग बाणिज्य संघको स्थापना भएको हो ।

    संघको उपाध्यक्षमा सुरेस खत्री रहेका छन् भने महिला उद्यमी चण्डिका लामिछाने महासचिव रहेकी छन् । त्यसैगरी सचिवमा ईश्वर थापा,सहसचिवमा मुकुन्द थापा र कोषाध्यक्षमा श्याम नायजु श्रेष्ठले जिम्मेवारी पाएका छन् ।

    कार्यसमिति सदस्यहरुमा युवा व्यवसायी एवं समाजसेवी दिल कुमार बाला, नरेश अवाल, जमुना थापा, शान्ति केसी, पार्वती श्रेष्ठ, मदन श्रेष्ठ र कुल बहादुर नेम्हाफुकी रहेका महासचिव लामिछानेले जनाएकी छन् ।

    चाँगुनारायण उद्योग वाणिज्य संघ जिल्ला प्रशासन कार्यालय भक्तपुरमा नयाँ सस्थाको रुपमा दर्ता भएको हो । दर्ता प्रमाण पत्र हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संघले चाँगु क्षेत्रको बिकाशमा योगदान गर्ने बिश्वास व्यक्त गरिन् ।

    संघले चाँगुनारायण नगरक्षेत्रमा रहेका उद्योगी र व्यापारीहरुलाई संगठित गर्ने तथा अवसर र चुनौतीलाई बाड्दै एक ससक्त आर्थिक सामाजिक संस्थाको रुपमा अघि बढ्ने महासचिव लामिछानेले बताईन् । आधा आकास ढाक्ने महिलालाई उद्यम र व्यापारको माध्यमबाट आर्थिक समृद्धिसंग जोड्नेमा आफ्नो जोड रहने समेत उनको भनाइ छ ।

    त्यसैगरी अध्यक्ष कासिछवाले एकतामा नै बल हुने भएकोले उद्योगी तथा व्यवसायीलाई एकजुट बनाउन संघको स्थापना गरिएको बताए । संघले नगर क्षेत्रमा रहेको उद्योग र व्यवसायको बिकासको अलावा समाज बिकासको क्षेत्रमा समेत योगदान गर्ने लक्ष रहेको उनले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...