News Portal

  • शुभकामना साकोसको २१औ वार्षिक साधारण सभा सम्पन्न, शुभकार्यलाई मर्ज गर्ने निर्णय

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ असोज २०७८
    १२८१ पटक
    भक्तपुर, १७ असोज २०७८

    भक्तपुरको नासमनास्थित शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को २१औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सूर्यविनायकको थापा पार्टी प्यालेसमा साधारण सभा सम्पन्न भएको हो ।

    विश्व महामारी कोभिड १९ को संक्रमणलाई मध्यनजर गरी सिमित सदस्यहरुको भौतिक उपस्थितिमा साधारण सभा सम्पन्न गरिएको र अन्य सदस्यहरुलाई प्रविधि मार्फत जोडिएको संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले जानकारी गराए ।

    सस्थाका संस्थापक अध्यक्ष स्व. कृष्णप्रसाद सुवालको तस्वीरमा माल्यार्पण गरी सम्मान व्यक्त गरिएको थियो भने यो वर्ष दिवंगत भएका सबै सदस्यहरुको सम्झनामा १ मिनेट मौन धारण गरि साभारण सभा शुरु गरिएको थियो ।

    साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष कासुलाले कोभिडको समयमा बैंकहरु बन्द रहँदा आफूहरुले सदस्यहरुको घरदैलोमै पुगेर सेवा दिएको बताए । कोभिडको बिश्वब्यापी असर संगै शुभकामना साकोसमा समेत ऋण लगानीमा कमी आएको र लगानीको ब्याज उठाउन समस्या परेको भएतापनि चिन्ताको अवस्था नरहेको उनको भनाइ छ ।

    उक्त अवसरमा उपाध्यक्ष एवं साधारण सभा तयारी समितिकी संयोजक निर्मला सुवालले स्वागत मन्तब्य प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको संचालन संचालक समितिका सदस्यद्वय प्रविन बाटी र सृजना सुवालले गरेका थिए ।

    सस्थाका सस्थापक एवं प्रमुख सल्लाहकार बालमुकुन्द सुवाल त्यसैगरी सल्लाहकारहरु त्रिरत्न मानन्धर,भक्तराज भण्डारी लगायतको आतिथ्यतामा सम्पन्न साधारण सभामा सस्थाका निवर्तमान अध्यक्ष न्हुछेंकुमार त्वायनालाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा सम्मान व्यक्त गरिएको थियो ।

    सभामा सचिव पुष्पलाल तिमिलाले प्रस्तुत गरेको आ.ब.२०७७।०७७८ का बिभिन्न कार्यक्रमहरु तथा आगामी बर्षको नीति तथा कार्यक्रम पारित गरिएको बताइएको छ । त्यसैगरी कोषाध्यक्ष बलराम जु श्रेष्ठले प्रस्तुत गरेको रु १२ करोड ११ लाख ५०हजार २सय ९२ रुपैया २९ पैसा आम्दानी तथा रु ९ करोड ४८ लाख२९ हजार ४ सय ७५ रुपैया १८ पैसा खर्च गरी कुल रु २ करोड ६३ लाख२० हजार ८सय १७ रुपैया ११ पैसा नाफा गर्न सफल रहेको तथा कुल वासलात रु १ अर्व २५ करोड ९९ लाख१३हजार ६३७ रुपैया ९८ पैसाको आर्थिक प्रतिवेदनको साथै आगामीबर्षको रु ४ करोड ९ लाख ८४हजार ४८९ रुपैया ८७ पैसाकुलनाफातथाकुलवासलात रु १ अर्व ४६ करोड ३४ लाख ९५हजार ३सय ५० रुपैया५० पैसा को अनुमानित बजेट समेत सभाले पास गरेको संचालक प्रमुख कार्यकारी अधिकृत राधेश्याम दुवालले जानकारी दिए ।

    साधारण सभाले भनपा २ स्थित शुभकार्य कृषि सहकारी संस्था लि. संग मर्ज गर्न गठित कार्यदलले गरेको कार्यहरु अनुमोदन गर्दै उक्त संस्थालाई मर्ज गर्ने निर्णय समेत गरेको प्रमुख सल्लाहकार बालमुकुन्द सुवालले बताए । शुभकार्य कृषि सहकारी संस्था लि. को अध्यक्षमा सल्लाहकार सुवाल नै रहेका छन् । शुभकार्यलाई मर्ज गर्ने निर्णय गरेको सभाले उपयुक्त लागेका अन्य सहकारी संस्थाहरुलाई समेत मर्ज गर्दै जाने निर्णय लिएको सल्लाहकार सुवालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...