News Portal

  • शंखधर साकोसको १४औं वार्षिक साधारणसभा सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,१७ असोज
    ११०५ पटक
    भक्तपुर,१७ असोज

    बागमती प्रदेशको उद्योग, पर्यटक, वन तथा वातावरण राज्यमन्त्री सरस्वती वाटीले मुलुकलाई विकास र समृदिको बाटोमा अगाडि बढाउन सहकारीको अहम भूमिका रहेको बताएकी छन् । उनले सहकारी, नीजि र प्रदेश सरकारको सहभागीतामा कृषि व्यवसाय तथा विकास निर्माणका कार्यहरु गर्ने गरी नीति तर्जमा गरिएको बताइन ।

    शंखधर बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारणसभाको शनिबार मध्यपुर थिमिमा उद्घाटन गर्दै उनले बचत व्यवस्थापन गरेर अगाडि बढ्न सकेको खण्डमा आर्थिक अवस्था राम्रो हुने स्पष्ट पारिन् ।

    कार्यक्रममा बागमती प्रदेश सभाकी सदस्य प्रतिमा श्रेष्ठले शंखधर सोकोसको स्थापनादेखि हालसम्म समाज परिवर्तनमा निकै योगदान पुर्याउन सकेकोको प्रति सन्तोष व्यक्त गर्दै सहकारीले ज्येष्ठ नागरिक सम्मान र गरिब विद्यार्थीलाई प्रदान गरेको छात्रवृत्ति प्रशंसनीय रहेको प्रष्ट पारिन् ।

    उनले सहकारी संस्थाले मध्यपुर थिमिको पर्यटक प्रवर्धनमा पनि लगानी गरी स्वदेशी तथा विदेशी पर्यटकलाई यस क्षेत्रमा रहेका ऐतिहासिक सम्पदा, पुरातात्विक वस्तुहरु, यहाँको कृषि प्रणाली, माटोको भाडाकुडा बउनाउने प्रविधिहरु मात्र देखाउन सकेपनि आर्थिक उपार्जन गर्न सहज हुने बिश्वास व्यक्त गरेकी थिइन् ।

    कार्यक्रममा बागमती प्रदेशका राज्यमन्त्री वाटी प्रदेश सभा सदस्य श्रेष्ठले संस्थाका सदस्यहरु पुरुष तर्फ ज्येष्ठ नागरिक काजीबहादुर मानन्धर, महिला तर्फ ज्येष्ठ नागरिक राजमाया मकै प्रजापतिलाइ सम्मान प्रदान गरेको थियो भनेसदस्यका छोराछोरी मध्य एसईई परीक्षामा सवोत्कृष्ट अंक हासिल गर्ने ६ जना विद्यार्थी, आदर्श मावि लायकू, बालप्रेमी मावि बालकुमारी, गणेश मावि नगदेशका एक एक जना विद्यार्थी छात्रवृत्ति प्रदान गरिएको थियो ।

    कार्यक्रममा शंखधर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रामसुन्दर श्रेष्ठ, सचिव लक्ष्मीभक्त (राजु) श्रेष्ठ, कोषाध्यक्ष रामबहादुर श्रेष्ठ, लेखा सुपरीवेक्षण समितिका संयोजक रत्नसुन्दर श्रेष्ठले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा जिल्ला बचत तथा ऋण संस्था लि. भक्तपुरका सदस्य पञ्चकृष्ण श्रेष्ठ, जिल्ला सहकारी संघका सुलोचना दवाल, स्फकका अध्यक्ष हिरारत्न वज्राचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...