News Portal

  • दशैं बिदामा नयाँनयाँ पुस्तक पढ्न प्रमुख प्रजापतिको सुझाव

    भक्तपुर पोस्ट संवाददाताभक्तपुर,२० असोज २०७८
    ८१६ पटक
    भक्तपुर,२० असोज २०७८

    भक्तपुर -९ स्थित बागीश्वरी कलेज तथा बागेश्वरी माविको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नजिकिँदै गरेको बडादशैं -२०७८ को अवसर पारेर बुधवार शिक्षक तथा कर्मचारीहरुबीच शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षामा महत्वका साथ् लगानी गरिरहेको बताए । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी निकै न्युन र अपुग भएको बताउदै उनले सोहीकारण नगरपालिकालाई आर्थिक चुनौती रहेको स्पष्ट पारे ।

    वैदेशिक लगानीबाट पुग्ने क्षतिबारे चर्चा गर्दै विदेशीको भर पर्ने कुनै पनि संस्थाको प्रगति दिगो नहुने हुनाले नगरपालिकाले बिदेशी सहयोग अस्वीकार गर्दै आएको उनको भनाइ छ ।

    उक्त अवसरमा नगर प्रमुख प्रजापतिले प्राध्यापक तथा कर्मचारीहरु पैसा कमाउने मानसिकता र व्यक्तिगत स्वार्थबाट माथि उठेर संस्थाको हित र उत्थानमा भूमिका खेल्नुपर्ने आस्वश्यकता समेत औल्याए । नजिकिँदै गरेको दशैं बिदाको सदुपयोग गरी नयाँ नयाँ पुस्तक अध्ययन गरी सिर्जनशील काममा लाग्न समेत प्रमुख प्रजापतिले प्रेरित गरेका थिए ।

    कार्यक्रममा बागीश्वरी मावि तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले सस्थाले हासिल गरेको शैक्षिक उपलब्धी बारे बताउदै दशैं बिदालाई रचनात्मक ढंगले सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

    त्यसैगरी, बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले सामूहिक भावनाको विकासले संस्थालाई अगाडि बढाउन टेवा पुग्ने बताउदै बागीश्वरी कलेजले अनुसन्धानमा २६ लाख बजेट छुट्याउँदै आएको र विभिन्न विषयमा कार्यशाला गोष्ठीहरु पनि गर्दै आइरहेको जानकारी गराएका थिए ।

    बागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा सहायक प्रअ उकेश सुवाल, विज्ञान संकायका भानुभक्त हुमागाइँ, बागीश्वरी मावि टेक्स कार्यक्रमका संयोजक दिनेश प्रधान, बागीश्वरी कलेज व्यवस्थापन संकायका संयोजक बब्लुकुमार रावत, गेहेन्द्रप्रसाद दाहाल र कृष्णप्रसाद कर्माचार्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...