News Portal

  • नगरपालिकासंग अध्यक्ष बिजुक्छें प्रसन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ कात्तिक २०७८
    ९३४ पटक
    भक्तपुर, ४ कात्तिक २०७८

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको कामप्रति प्रसन्नता प्रकट गरेका छन् । प्रमुख सुनिल प्रजापतिसहितको टोलीले ऐतिहासिक रानीपोखरी, सिद्धपोखरी र भाजुपोखरीको अध्यक्ष बिजुक्छेंलाई स्थलगत निरीक्षण गराएपछि उनले प्रसन्नता प्रकट गरेका हुन् ।

    नेपाली सेनाको महाविद्यालय क्षेत्रमा रहेको ऐतिहासिक रानीपोखरीलाई मेयर प्रजापतिले लामो प्रयास पछि नगरपालिकाको संरक्षणमा ल्याउन सफल भएका थिए । नगरपालिकाले जीर्णोद्धार गरिरहेको यस पोखरीलाई महत्वका साथ् नगरपालिकाले संरक्शंको जिम्मा लिएको हो ।

    बिहीबार निरीक्षणका क्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको भक्तपुरको रानीपोखरीलाई पुनः जीवन दिई सराहनीय कार्य गरेको बताए । प्राचीन सहरहरूमा पोखरीको महत्व धेरै भएको बताउनुहुँदै उनले सभ्यताको विकास र महत्वबारे बुझ्न प्राचीन सम्पदाहरूको विशेष स्थान रहने र त्यसको संरक्षणमा सबै सम्बन्धित निकायले पुरा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

    विदेशी सहयोग र अरुको भरमा गर्ने विकास निर्माणका कार्य दीगो नहुने बताउनुहुँदै अध्यक्ष बिजुक्छेंले आफ्नै पहल र अगुवाईमा स्वावलम्बी भई सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार गरी भक्तपुर नपाले देशकै लागि उदाहरणीय कार्य गरेकोे भन्दै प्रशंसा समेत गरे ।

    नेपाल संवत् १६८७ मा तत्कालीन राजा जगज्योर्ति मल्लको पालामा निर्माण भएको रानी पोखरी र त्यसको डिलमा रहेको सत्तल पाटी एवम् देवालीस्थल भक्तपुरकै सांस्कृतिक एवम् ऐतिहासिक महत्वका सम्पदाहरूमध्ये पर्छन् । भक्तपुरको रानीपोखरी काठमाडौंको रानीपोखरीभन्दा चालीस वर्ष अघि बनेको इतिहास रहेको छ । उक्त पोखरी जीर्णोद्धारमा हालसम्म रु. २ करोड ७५ लाख बराबरको रकम खर्च भइसकेको रानीपोखरी उपभोक्ता समितिले जनाएको छ ।

    भक्तपुर नपाले नेपाली सेनासँग समन्वय गरी उक्त पोखरीको पटक पटक सरसफाई गर्दै आएको र उक्त पोखरीमा प्राप्त प्रमाणहरूको आधारमा मौलिक स्वरुपमै पोखरीको जीर्णोद्धार र निर्माण सम्पन्न गर्ने नगरपालिकाले जनाएको छ । हाल उक्त पोखरी परिसरको दक्षिणतर्फ ह्वाङ ह्वाङ पाटी, पूर्व र उत्तरतर्फका प्रवेशद्वार र पाटीहरु निर्माण भइरहेका छन् ।

    उक्त अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको रानी पोखरी जीर्णोद्धारको काम अन्तिम चरणमा पुगेको र पोखरी परिसरमा सौन्दर्यीकरणको कामहरू भइरहेको जाकारी गराएका थिए । तीनवटा उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माणको कार्य अगाडि बढिरहेको बताउदै उनले पुनःनिर्माणको सम्पूर्ण कार्य छिटै सम्पन्न हुने र सर्वसाधारण जनताको निम्ति पोखरी खुल्ला हुने समेत बताए । अध्यक्ष बिजुक्छेँ लाई भक्तपुर नपा वडा नं. १ स्थित रानीपोखरी संगै सिद्धपोखरी र निर्माणाधीन भाजुपोखरीको पनि स्थलगत निरीक्षण गरिएको थियो ।

    निरीक्षणमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी,भनपा वडा न. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री,सैनिक आवासीय महाविद्यालयका प्रमुख सेनानी सन्तोष कार्की, प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठ, प्रशासकीय अधिकृत दामोदर सुवाल, उपभोक्ता समितिका पदाधिकारीहरूलगायतको सहभागिता रहेको थियो ।

    भक्तपुरको रानी पोखरी जीर्णोद्धार कार्य २०७६ जेठ १५ गतेबाट सुरु भएको र करिब ३ महिनापश्चात् जीर्णोद्धार कार्य सम्पन्न गर्नेगरी कार्य भैरहेको वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...