News Portal

  • अस्पतालमै एमालेको वडाअधिवेशन, बिरामी त्रसित

    मेयरद्वारा शक्तिको दुरुपयोग

    भक्तपुरपोस्ट/संवाददाता
    ११०२ पटक

    काठमाडौं। नेकपा एमालेले विरामीलाई नै त्रसित पार्नेगरी अस्पतालमै वडा अधिवेशन सम्पन्न गरेको छ। काठमाडौं तारकेश्वर नगर पालिकाकोको एक मात्र नगर अस्पताल साङ्लामा नेकपा एमालेले वडा नम्बर १ को अधिवेशन सम्पन्न गरेको हो। उपमेयर भवानी डोटेल धितालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनको चर्को आवाजले अस्पतालका बिरामीहरू त्रसित बनेका थिए ।


    अधिवेशनले गोपाल सापकोटाको नेतृत्वमा निर्विरोध वडा समिति निर्वाचित गरेको छ । नगरप्रमुख र उपप्रमुख, वडाध्यक्ष तीनैजना एमालेबाट निर्वाचित भएकाले शक्तिको दुरुपयोग गर्दै उनीहरुले अस्पतालमै अधिवेशन गरेका हुन् । ‘अन्य पार्टी प्यालेस र सार्वजनिक स्थल थिए तर, मेयरज्यूले शक्तिको दुरुपयोग गरेर अस्पतालमै अधिवेशन गर्नु भयो’, एक स्थानीयले भने, ‘अस्पतालका बिरामी सबै त्रसित बनाएर पार्टी कार्यक्रम भयो ।’

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...