News Portal

  • छालिङका २१ वर्षीय युवकको मृत्युपछि प्रहरी परिसरमा प्रदर्शन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ कात्तिक २०७८
    ४३०९ पटक
    भक्तपुर, ८ कात्तिक २०७८

    भक्तपुरमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका युवकका आफन्तहरुले दोषीलाई कारवाही र क्षतीपूर्तीको मागसहित प्रदर्शन गरेका छन् । आक्रोशित आफन्त र स्थानीयले महानगरीय प्रहरी परिसर अगाडी नारावाजी सहित प्रदर्शन गरेका हुन् ।

    ज्यान गुमाउने युवक चाँगुनारायण ५ छालिङका २१ वर्षीय सुरज तामाङ हुन् । परिवारका एक्ला छोरा सुरजको ज्यान गएपछि तामाङ परिवार शोकमा परेको छ भने स्थानीय स्तब्ध भएका छन् । निम्न मध्यम वर्गका तामाङ परिवारका सुरज एक मात्र सहारा थिए । उक्त सहारा गुमेपछि जनप्रतिनिधि र स्थानीय अगुवा समेत आक्रोशित बनेका छन् । आफन्त र स्थानीयले बढ्दो सवारी दुर्घटना नियन्त्रणप्रति प्रहरी जिम्मेवार नबनेको, दुर्घटना लगत्तै परिवारलाई खबर नगरेको, उपचारमा हेलचक्राई गरेको र क्षतीपूर्ती दिलाउन पहल गर्नुको साटो साहुको पक्षमा लागेको आरोप लगाउदै सोमबार साँझ बिरोध प्रदर्शन गरेका छन् । वडाध्यक्ष जयन्द्र खड्का,चाँगुनारायण उद्योग वाणिज्य संघकी महासचिवसमेत रहेकी स्थानीय अगुवा चण्डिका लामिछाने लगायतको नेतृत्वमा आफन्त र स्थानीयले साँझ ४ बजेदेखि गरेको प्रदर्शन समाचार तयार पार्दा सम्म जारी नै रहेको छ ।

    यस्तो छ दुर्घटना विवरण
    गत शनिवार बिहान १०:३५ बजेको समयमा भक्तपुर १ स्थित मेथिवारी सडक खण्डमा व्यासीबाट सल्लाघारी तर्फ जाँदै गरेको प्रदेश नं ३-०२-०१७ प ७९४२ नं को मोटरसाइकल र च्वङ्गा गणेश मोटर पार्ट्स ग्यारेजबाट मुख्य सडकमा निस्किदै गरेको प्र.नं. ३-०१-००३ क. ५०६५ नं. को मिनी ट्रक ठोकिई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार सुरज तामाङको ज्यान गएको थियो ।

    मोटरसाईकल चालक भक्तपुर चाँगुनारायण ५ छालिङकै १९ वर्षीय महेश्‍वर खड्कालाई सामान्य चोटपटक भएकोमा उपचार पश्चात डिस्चार्ज भएको र मिनि ट्रक चालक भक्तपुर जिल्ला भक्तपुर न.पा. वडा नं. १० कमलविनायक महालक्ष्मी बस्ने बर्ष ३३ को लक्ष्मी प्रसाद दुवाललाई महानगरीय प्रहरी परिसर, भक्तपुरमा राखिएको प्रहरीले जनाएको छ ।

    उपचारमा प्रहरीले उदासिनता देखाएको आरोप

    दुर्घटनाबाट गम्भीर घाइते भएका सुरजको उपचारमा प्रहरीले उदासिनता देखाएको आरोप लागेको छ । मृतकका बुबा राजेन्द्र तामाङ्गले प्रहरीले आफ्नो छोराको उपचारमा उचित ध्यान नपुर्याएको आरोप लगाए । गम्भीर घाइते भएका छोराको बारेमा आफूहरुलाई ढिला जानकारी दिएको र टाउकोमा गम्भीर चोट देखिएको बिरामीलाई तुरुन्तै सम्बन्धित अस्पताल लानुको साटो भक्तपुर अस्पताल पुर्याउनु प्रहरीको गम्भीर लापरवाही भएको उनको भनाइ छ । घाइतेलाई ३ घण्टापछि मात्र काठमाडौं लगिएको र समयमै सहि उपचार पाउन नसक्दा आफ्नो छोराले ज्यान गुमाउनु परेको भन्दै उनले दु:ख व्यक्त गरेका छन् ।

    लापर्वाही नभएको प्रहरीको जिकिर
    भक्तपुर प्रहरीले भने उपचारमा लापर्वाही भएको भन्ने आरोप अस्वीकार गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी समेत रहेका डिएसपी दिपक गिरीले दुर्घटना लगत्तै घाइतेको उद्धार गरी दुधपाटीस्थित भक्तपुर अस्पताल पुर्याइएको बताए । घाइतेको अवस्थाबारे अस्पताल नपुगी थाहा नहुने भएकोले सबैभन्दा नजिकको अस्पताल पुर्याइएको उनको भनाइ छ । प्राथमिक उपचार पश्चात बिहान करिब साढे ११ बजे नै घाइतेलाई काठमाडौ स्थित ट्रमा सेन्टरमा रिफर गरिएको र थप उपचारको लागी ट्रमाबाट अन्नपुर्ण न्यूरो अस्तपाल माईतिघर पुर्याइएको उनले प्रष्ट पारे । उपचारकै क्रममा सुरजको साँझ करिब सवा ५ बजे ज्यान गएको सम्बन्धित चिकित्सकले घोषणा गरेको जानकारी दिदै उनले प्रहरीले आफ्नो ड्युटीमा कुनै कमजोरी नगरेको जिकिर गरे ।

    बिरोध प्रदर्शन भैरहेको पुष्टि गर्दै डिएसपी गिरीले उक्त प्रदर्शन प्रहरीमाथि नभई क्षतीपूर्ती माथि केन्द्रित रहेको र दुई पक्षबीच शिघ्र सहमती हुने विश्वास व्यक्त गरे ।

    होला त सहमती
    प्रहरीको रोहबरमा ट्रक यातायात व्यवसायी संघ भक्तपुरका अध्यक्ष नविन प्रजापति लगायत व्यवसायीहरु र मृतकका आफन्त,जनप्रतिनिधि तथा स्थानीय अगुवाहरु बीच वार्ता भैरहेको स्थानीय संजीव बनले बताए । दोषीलाई कारवाही र उचित क्षतीपूर्ती भराउनुपर्ने आफूहरुको माग रहेको उनको भनाइ छ । मृतकका आफन्तले भने परिसर प्रमुख रहेका एसपी शिव कुमार श्रेष्ठले व्यवसायीहरुको पक्ष लिएर उचित क्षतीपूर्ती भराउन पहल नगरेको आरोप लगाएका छन् । बीमा वापतको रकम दिएर मिलापत्र गराउन खोजिएको भन्दै उनीहरुले एसपी श्रेष्ठले कानुन बमोजिम भन्दा बढी क्षतीपूर्ती दिन नहुने भन्दै उल्टै उकासेको आरोप लगाए ।

    परिसरका सूचना अधिकारी समेत रहेका डिएसपी दिपक गिरीले भने मृतकलाई उचित क्षतीपूर्ती दिनेकुरामा प्रहरी बाधक नभएको बताए । कानुन बमोजिम भन्दा बढी क्षतीपूर्तीका लागि बाध्य बनाउन नसकिने बताउदै व्यवहारिक रुपमा दुई पक्ष मिलेमा आफूहरुलाई कुनै आपत्ती नहुने उनको भनाइ छ ।

    मिलापत्रका लागि मध्यस्थता गरिरहेका चाँगुनारायण उद्योग बाणिज्य संघका अध्यक्ष एवं युवा नेता श्रीभक्त कासिछवाले भने ट्रक व्यवसायीले बीमाको रकम दिएर टार्न खोज्नु नहुनेमा जोड दिए । उनले दुवै पक्ष एउटै जिल्लाबासी भएकोले वार्ताबाट समस्या समाधान हुने बिश्वास व्यक्त गरे । ट्रक व्यवसायीले उचित क्षतीपूर्ती नदिए मृतक परिवारको कमजोर आर्थिक अवस्थालाई मध्यनजर गरी कासिछवाले व्यक्तिगत आर्थिक सहायता गरेर भएपनि मिलापत्र गराउने प्रयास गरिरहेको स्थानीय अगुवा चण्डिका लामिछानेले जानकारी दिईन् ।

    प्रदर्शनकारीले भने दोषीलाई कार्वाही र उचित क्षतीपूर्ती नभए शव नबुझ्ने चेतावनी दिएका छन् ।

    अपडेट : बिरोध प्रदर्शनमा उत्रिएका पिडित पक्ष र ट्रक व्यवसायीबीच सहमती भएको छ । राति करिब साढे ९ बजेको समयमा सहमती भएको चाँगुनारायण उद्योग वाणिज्य संघकी महासचिव समेत रहेकी स्थानीय अगुवा चण्डिका लामिछानेले जानकारी गराइन् । सहमती लगत्तै प्रदर्शनकारीहरु घरतर्फ लागेका थिए ।

    पोष्टमार्टम पछि पनि शिक्षण अस्पताल महाराजगंजमा राखिरहेको मृतकको शव ल्याएर मंगलवार अन्तिम सस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...