News Portal

  • नयाँ सिडिओ आएसंगै भक्तपुरका सरकारी हाकिमहरु सतर्क

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ कात्तिक २०७८
    २४२२ पटक
    rudra sharma cdo bhaktapurभक्तपुर, ८ कात्तिक २०७८

    अघिल्लो सिडिओको पालामा एक पटक पनि कार्यालय प्रमुखहरुको बैठक नबस्दा हाईसन्चो मानेका भक्तपुरस्थित सरकारी कार्यालयका प्रमुखहरु नयाँ सिडिओ आएसंगै सतर्क भएका छन् । गुल्मीबाट सरुवा भई भक्तपुर सिडिओको जिम्मेवारी सम्हालेकी नयाँ सिडिओ रुद्रादेवी शर्माले नियमित बैठक बसाली कार्यप्रगती मागेपछि उनीहरु सतर्क भएका हुन् ।

    सोमबार जिल्लास्थित कार्यालय प्रमुखहरुको दोश्रो बैठकमा प्रमुख जिल्ला अधिकारी शर्माले अघिल्लो बैठकका निर्णयहरुको कार्यान्वयन अवस्थाबारे जानकारी लिएकी थिइन् । उक्त अवसरमा प्रजिअ शर्माले बैठकमा गरिएका निर्णयहरु प्रभावकारीरुपले कार्यान्वयन हुनुपर्ने कुरा कडाइका साथ् राखेकी थिइन् । सेवाग्राहीलाई अधिकत्तम सुविधा हुनेगरी कार्यसम्पादन गर्नपर्नेमा जोड दिंदै उनले जनताको गुनासो सुन्नु नपर्ने गरी काम गर्न निर्देशन समेत दिइन् ।

    बहुसंख्यक जनताको हित हुनेगरी योजना बनाउन र बिकाश निर्माणका काम पारदर्शी तरीकाले गर्न उनले प्रेरित गरिन् । प्रत्येक ३ महिनामा प्रगती विवरण सार्वजनिक गर्न निर्देशन दिंदै उनले आफूले सोको अनुगमन गर्ने समेत बताईन् ।

    उनले यातायात, नापी, भूमिसुधार, आन्तरिक राजस्व लगायतका कार्यालयहरुलाई बिचौलिया मुक्त बनाउनपर्नेमा जोड दिइन । सेवाग्राहीले सोझै पाउने सेवा नदिइ बिचौलियालाई प्रश्रय दिएको पाइएमा कार्वाही गरिने उनले चेतावनी समेत दिएकी थिइन् ।

    सिडिओ शर्माले कोभिड महामारीको नियन्त्रित अवस्थालाई काबुमै राख्ने योजना बनाउन र संक्रमण बढ्न नदिन सुरक्षा निकायका प्रमुखहरु, सम्बन्धित स्वास्थ्य कार्यालय, भक्तपुर अस्पताल र सबै नगरपालिकाका प्रशासकीय प्रमुखहरुले थप् सक्रियता बढाउनुपर्ने बताइन् ।

    उक्त अवसरमा उनले सम्भावित जोखिम क्षेत्रको पहिचान गर्न र एण्टिजेन परिक्षणको मात्रा बढाउँन स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारलाई निर्देशन दिइन् । त्यसैगरी उनले कोभिडविरुद्धको खोप अभियानको अवस्थाबारे जानकारी लिंदै थप प्रभावकारी ढंगले अभियान संचालन गर्न सुझाव दिइन् ।

    बैठकमा भक्तपुर अस्पतालकी मेसु डा सुमित्रा गौतमले कोभिड १९ संग जुध्न गरिएका तयारी बारे जानकारी गराउदै अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबारे अवगत गराइन । अस्पतालले आफ्नो क्षमता भन्दा बढी दैनिक ७ सय बढी बिरामीलाई सेवा दिनुपरेको बताउदै उनले नेपाल कोरीया मैत्री नगरपालिका अस्पतालले बीमाका बिरामीलाई सेवा नदिंदा ती बिरामी भक्तपुर अस्पतालमा थपिएका र चाप बढेको जानकारी गराएकी थिइन् ।

    त्यसैगरी क्यान्सर अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले जिल्लामा सल्लाघारीको हनुमन्ते पुल र अस्पताल नजिक बिग्रेका बाटोका कारण अप्रेसन गरिएका बिरामीको टाँका खुस्किने डर रहेकोबारे ध्यानाकर्षण गराएका थिए । तत्कालै सिडिओ शर्माले सडक डिभिजन प्रमुख सुमन योगेशलाई बाटोको खाल्डाखुल्डी पुर्न निर्देशन दिएकी थिइन् ।

    अघिल्लो बैठकको निर्देशनलाई पालना गरी निकोसेराको खाल्डाखुल्डी पुरिएकोप्रति उनले सन्तोष व्यक्त समेत गरिन् ।

    सिडिओ शर्माले केहि दिन अघि देशैभर परेको वर्षाले भक्तपुरको धानबाली क्षती भए नभएकोबारे कृषी ज्ञान केन्द्रका प्रमुखसंग जानकारी माग गरिन् । जवाफमा उनले उपत्यकामा कम पानी परेको र धान काट्ने बित्तिकै भित्राउने गरिएकाले खेतमै डुब्ने समस्या भक्तपुरमा नभएको जानकारी गराए ।

    बैठकमा डिभिजन बन कार्यालयका प्रमुख प्रेमप्रसाद खनालले भुमाफियाका कारण बन क्षेत्र जोखिममा रहेको जानकारी गराएका थिए भने उपत्यका बिकास प्राधिकरणका प्रमुखले नगरपालिकाले अव्यवस्थित प्लटिंग स्वीकृती दिएर अप्ठ्यारो पारिरहेको गुनासो गरेका थिए ।

    उक्त अवसरमा घरेलु तथा साना उद्योगका प्रेमकृष्ण खरबुजाले नापतौल कार्यालय भक्तपुरमा नहुँदा साना उद्यमीलाई समस्या परिरहेको बारे प्रष्ट पारेका थिए भने उद्योग बाणिज्य संघका संजीव गोगेलले दशैमा सिडिओ कार्यालयले गरेको उद्योग व्यवसायको अनुगमनको स्वागत गर्दै यसले स्वस्थ प्रतिस्पर्धा र स्वअनुशासनको बिकासमा सकारात्मक प्रभाव पारेको बताए ।

    सिडिओ शर्माले सडकमा अव्यवस्थित रुपले रहेका बिजुली,केवल र अन्य सेवाप्रदायकका तारहरुलाई व्यवस्थित गर्न सरोकारवाला विद्युत र टेलीकमका प्रमुखहरुलाई निर्देशन दिएकी थिइन् । त्यसैगरी उनले खानेपानी र ढल निकासको समस्या समाधानमा अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नपर्ने आवश्यकता औल्याइन ।

    सिडिओ शर्माले वातावरण सरसफाईमा ध्यान दिन आग्रह गर्दै प्रत्येक सरकारी कार्यालयका खाली जग्गामा बोटबिरुवा लगाउन निर्देशन दिइन् ।

    बैठकमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले आफूहरुको निरिहता प्रकट गर्दै नगर प्रमुखहरुलाई कतिपय कामका लागि कन्भिन्स गर्न नसकिएको गुनासो गरे । त्यसका लागि समन्वय गरिदिन समेत उनीहरुको आग्रह थियो ।

    सहायक सिडिओ सिता परिवारले संचालन गरेको बैठकको समन्वय जिल्ला समन्वय अधिकारी जगन्नाथ अधिकारीले गरेका थिए ।

    कार्यालय प्रमुखहरुको बैठक बस्नु अघि सूचना अधिकारीहरुको समेत बैठक सम्पन्न गरिएको थियो । उक्त बैठकलाई सम्बोधन गर्दै सिडिओ शर्माले सूचना अधिकारीहरुको काम कर्तब्य र अधिकार बारे प्रकाश पार्दै जनताको सुचनाको हकको पूर्ण कार्यान्वयन हुनुपर्ने स्पष्ट पारेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...