News Portal

  • कटुञ्जेकी उर्मिला भक्तपुर सिडिओ कार्यालयमा प्रशासकीय अधिकृत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,९ कात्तिक २०७८
    ३७१९ पटक
    urmila khatiwada rudra sharmaभक्तपुर,९ कात्तिक २०७८

    जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रशासकीय अधिकृतको जिम्मेवारी स्थानीय उर्मिला खतिवडा घिमिरेले पाएकी छन् । सूर्यविनायक ५ कटुञ्जे मनोरम बस्तीकी उर्मिला निजामति सेवाको सिनियर शाखा अधिकृत हुन् ।

    उनी सोलुखुम्बु जिल्लाको सहायक सिडिओको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी भक्तपुरमा सरुवा भई आएकी जिप्रका भक्तपुरका कर्मचारी कुबेरप्रसाद दाहालले जानकारी दिए । यसै महिनाबाट उर्मिलाले जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेकी छन् । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले उनलाई स्वागत गर्दै गत १ गतेदेखि हाजिर गराएकी हुन् ।

    निवर्तमान प्रशासकीय अधिकृत यज्ञ राज जाेशी भने सरुवा भई गृह मन्त्रालय पुगेका छन् । आध्यात्मिक व्यक्तित्व समेत रहेका जोशी भक्तपुरमा बिबादरहित रहेका थिए ।

    नयाँ प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हालेकी उर्मिला खतिवडा घिमिरेले जनताको सुविधालाई केन्द्रमा राखी छिटोछरितो र प्रभावकारी ढंगले कार्यसम्पादन गर्ने प्रतिवद्धता प्रकट गरेकी छन् । सोलुखुम्बुमा सहायक सिडिओकै जिम्मेवारी पूरा गरिसकेको अनुभवले आफूलाई प्रशासनीक काममा सहयोग मिल्ने उनले बिश्वास व्यक्त गरिन् । आफू भक्तपुर निवासी समेत रहेकाले भक्तपुरको शान्तिसुरक्षा र सुशासनमा कुनै कसर बाँकी नराख्ने उनले बताइन् ।

    उनका श्रीमान समेत निजामति सेवाका उच्च अधिकारी हुन् । उनी सिनियर सहसचिव दिनेशकुमार घिमिरेकी श्रीमती हुन् । घिमिरे हाल चीनको छेन्दुमा नेपाल सरकारका तर्फबाट महावाणिज्य दुत रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...