News Portal

  • नागरिकका विवरण सुरक्षित हुनुपर्छ : प्रजापति

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ कात्तिक २०७८
    ७६६ पटक
    भक्तपुर, ९ कात्तिक २०७८

    भक्तपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण भर्ने सम्बन्धमा रुजु अधिकारीहरुबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यता र भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा मंगलवार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले नागरिकको संवेदनशील विवरणको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर राष्ट्रिय परिचय पत्रमा विवरण संकलनको काम गरिनुपर्नेमा जोड दिएका छन् । राज्यले दिने सम्पूर्ण सेवा र सुविधा सहज र सुलभ बनाउन राष्ट्रिय परिचय पत्रको अवधारणाको स्वागत गर्दै उनले संवेदनशील विवरणको सुरक्षामा भने सम्झौता गर्न नहुनेमा जोड दिएका हुन् ।

    प्रमुख प्रजापतिले राष्ट्रिय परिचय पत्र विवरण संकलनको क्रममा हुनसक्ने त्रुटीलाई ध्यानमा राखी आवश्यक संशोधनको व्यवस्था पनि गर्न सुझाव दिंदै व्यक्तिको सम्पत्तिको सुरक्षा तथा जालसाझी र किर्ते कामहरु नियन्त्रण राष्ट्रिय परिचय पत्रले महत्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गरे ।

    कार्यक्रममा सिडिओ रुद्रादेवी शर्माले सरकारले बहुउपयोगी राष्ट्रिय परिचयपत्रको अवधारणा अगाडि ल्याएको अवगत गराउदै यसले व्यक्तिको वैयक्तिक र जैविक विवरणसहितको डिजिटल पहिचान स्थापना गर्ने बताइन । नागरिकता प्राप्त गरेका व्यक्तिहरुको मात्र विवरण भरिने र राष्ट्रिय परिचयपत्र दिइने उनले जानकारी गराएकी छन् ।

    उक्त अवसरमा सहायक सिडिओ सीता परियारले राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताबारे प्रस्तुतीकरण दिंदै कसरी राष्ट्रिय परिचयपत्र लाई त्रुटिरहित र विश्वासिलो बनाउने भन्ने बारे बताएकी थिइन् ।

    कार्यक्रममा नगर उपप्रमुख रजनी जोशी लगायत जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, जिप्रकाकी प्रशासकीय अधिकृत उर्मिला खतिवडा, एसपी शिवकुमार श्रेष्ठ त्यसैगरी वडा सचिव तथा रुजु अधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...