News Portal

  • भक्तपुरका दुई नगरपालिकामा प्रेस सेन्टरको शाखा बिस्तार

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, १० कात्तिक २०७८
    १०७७ पटक
    भक्तपुर, १० कात्तिक २०७८

    प्रेस सेन्टर नेपालले भक्तपुर जिल्लाका दुई नगरपालिकामा शाखा बिस्तार गरेको छ । बुधवार सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा शाखा बिस्तार गरिएको हो ।

    चाँगुनारायण नगरपालिका शाखामा भवनाथ गेलालको नेतृत्वमा ७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको प्रेस सेन्टरका भक्तपुर जिल्ला संयोजक संजीप घिमिरे शुभचिन्तकले जनाएका छन् ।

    त्यसैगरी सूर्यविनायक नगरपालिका शाखामा सुरेश श्रेष्ठको नेतृत्वमा ७ सदस्यीय समिति निर्विरोध निर्वाचित गरिएको उनले बताए ।


    नवनिर्वाचित कार्यसमितिलाई प्रेस सेन्टर नेपालका उपत्यका प्रदेश कमिटीका संयोजक नवराज दाहालले पद तथा गोपनियताको सपथ ग्रहण ग्रहण गराएका थिए । उक्त अवसरमा प्रेस सेन्टरका केन्द्रीय नेता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बासुदेव शर्मा बबिन, भक्तपुर संयोजक एवं नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तक, प्रेस सेन्टरका जिल्ला नेताहरु निराजन सिलवाल, मदन ढुंगाना लगायतको उपस्थिति रहेको थियो।

    दुवै नगरपालिकाको प्रथम भेलालाई प्रमुख अतिथि रहेका नेकपा(माओवादी केन्द्र) का भक्तपुर सह इन्चार्ज देवेन्द्र श्रेष्ठ दिवाकरले उद्घाटन गरेका थिए भने उक्त अवसरमा नेता श्रेष्ठ, अतिथिहरु जिल्ला पार्टीका संयोजक डिपी ढकाल, सदस्य युवराज आचार्य, सूर्यविनायक इन्चार्ज जीवन तज, चाँगुनारायण संयोजक नरेश खड्का लगायतले पत्रकारहरु परिवर्तनको पक्षमा निडर भएर लाग्नुपर्ने बताए । प्रतिक्रियाबादीहरुले दुष्प्रचार गरी परिवर्तन विरुद्ध हर्कत गरिरहेका दावी गर्दै नेताहरुले त्यसलाई परास्त गरी परिवर्तनलाई सस्थागत गर्ने जिम्मेवारी प्रेस सेन्टर नेपालको काँधमा आएको उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस्

    १२ वर्षदेखि बन्द नगदेशको पुलु:किसि जात्रा सम्पन्न

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा धार्मिक-ऐतिहासिक पुलु:किसि जात्रा सम्पन्न भएको छ । बाह्र वर्षदेखि बन्द...

    भक्तपुरबाट तीर्थयात्रामा निस्केको बस नौबिसेमा दुर्घटना : एकको निधन, दुई दर्जन घाइते

    भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी एकजनाको घटनास्थलमै ज्यान...

    डीपी ढकालको पुस्तकमाथि बौद्धिक नेताहरूबीच बहस

    काठमाडौ । नेपाल संवैधानिक रूपमै समाजवाद उन्मुख भएपनि समाजवादको स्पष्ट बाटो बन्न नसकेको नेता एवं...

    बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई साढे दुई वर्ष कैद सजाय

    खोटाङ, २५ माघ २०८१ । बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई अदालतले साढे २ वर्ष...

    उपत्यकाको पत्रकारलाई पनि मिडिया विकास कोषमा सामेल गराउन पत्रकार महासंघको माग

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रेस काउन्सिल नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश...