News Portal

  • स्पेनकी सभामुख डेल्गाडो नेतृत्वको टोली भक्तपुर भ्रमणमा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ कात्तिक २०७८
    ८३८ पटक
    भक्तपुर, ११ कात्तिक २०७८

    स्पेनकी सभामुख ब्लान्का मार्टिन डेल्गाडोले ऐतिहासिक भक्तपुर दरवार क्षेत्रको अवलोकन भ्रमण गरेकी छन् । नेपाल भ्रमणमा रहेकी डेल्गाडोले बिहीवार साँझ भक्तपुर दरवार क्षेत्रको अवलोकन भ्रमण गरेकी हुन् ।

    उनको नेतृत्वमा आएको २४ सदस्यीय स्पेनिस संसदीय प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीसहितको टोलीले भक्तपुरमा स्वागत गरेको थियो । उक्त टोलीलाई पुष्पगुच्छा, भादगाउँले टोपी, खादा, परम्परागत थैली र जुजु धौं प्रदान गरी भक्तपुर दरबार क्षेत्रको प्रवेशद्धारमा उनीहरुले स्वागत गरेका थिए । स्पेनिस प्रतिनिधिमण्डलमा स्पेनका प्रदेशमन्त्री, मेयर, पत्रकार, व्यापारीहरुलगायत सहभागी छन् ।

    स्पेनी संसदकी सभामुख डेल्गाडो बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी हुन् । भक्तपुर भ्रमणको क्रममा प्रदेश सभाका सभामुख श्रेष्ठ, उपसभामुख र प्रदेश सांसदहरुको समेत सहभागिता रहेको थियो ।

    उक्त अवसरमा नगर प्रमुख प्रजापतिले प्रतिनिधिमण्डललाई भक्तपुर दरबार क्षेत्रमा अवस्थित सांस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका सम्पदाहरुको स्थलगत अवलोकन गराएका थिए ।

    भ्रमण टोलीले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याल दरबार, सिद्धिलक्ष्मी मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिलु महादेव मन्दिर र चर्तुब्रम्ह महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैरवनाथ मन्दिरको स्थलगत अवलोकन गरेका नगरपालिकाकी प्रेस संयोजक कीर्तिका प्रजापतिले जनाएकी छन् ।

    भ्रमणमा सहभागीहरुले भक्तपुर नगरपालिकाले व्यवस्था गरेको सांस्कृतिक नाचहरु माक प्याखं, कवांचा प्याखं र जंगली प्याखंको अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।

    प्रमुख प्रजापतिले सभामुख डेल्गाडोसहितको प्रतिनिधिमण्डल टोलीलाई ‘मयुरको झ्याल’ र नगरपालिकाका प्रकाशनहरु मायाको चिनो उपहार प्रदान गरेका छन् ।

    विहीबार टोलीले ललितपुरको मंगलबजार पुगेर पाटन दरबार क्षेत्रको समेत अवलोकन भ्रमण गरेको छ । टोलीलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतले पाटनमा स्वागत गरेका थिए ।

    ६ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डल कात्तिक १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...