News Portal

  • भक्तपुरका भोला – मुखियादेखि सहसचिवसम्म सबै पदमा खुला प्रतिस्पर्धाबाट उतीर्ण

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १३ कात्तिक २०७८
    ४३५२ पटक
    भक्तपुर, १३ कात्तिक २०७८

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ गेलाल गाउँका भोला दाहाल निजामती सेवाको सहसचिवमा नाम निकाल्न सफल भएका छन् । लोकसेवा आयोगले लिएको परीक्षा उतीर्ण गर्दै उनी शुक्रबार खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्न सफल भएका हुन् ।

    माता राधिका र पिता सिताराम दाहालका सुपुत्र भोला दाहालले मुखियाबाट सेवा प्रवेश गरेका र प्रत्येक तहमा खुला प्रतिस्पर्धाबाट नाम निकालेका उनका साथीसमेत रहेका नेपाल राष्टिय कर्मचारी संगठन(निजामती) का नेता कुबेरप्रसाद दाहालले बताए । पढाईमा अब्बल र लगनशील भोलामा पदको दम्भ कहिल्यै नदेखिएको स्थानीयहरु बताउँछन् । मुखिया-खरिदार-नासु-शाखा अधिकृत-उपसचिव हुँदै सहसचिव सम्म ६ वटै पदमा खुला प्रतिस्पर्धामा नाम निकालेर भोलाले लोकसेवा आयोगप्रतिको भरोसा लाई समेत प्रमाणित गरिदिएका छन् । आफ्नो धरातल कसैले पनि बिर्सनु नहुने बताउने भोलाले आफ्नो  नामको पछि ‘धरातल’ थपेर भोला धरातलको परिचय बनाएका छन् ।

    २०५४ सालमा हुलाकको मुखियाबाट सेवा प्रवेश गरेका भोला हाल करिब ४० वर्षका छन् । राजपत्रांकित प्रथम श्रेणीमा खुला प्रतिस्पर्धाबाट नाम निकालेसंगै उनले निजामती सेवाको उच्च पद मुख्यसचिव बन्ने ढोका खोलेका उनका साथीहरू बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...