News Portal

  • ताथलीमा ३७ जनाले गरे रक्तदान

    मदन ढुंगाना/ भक्तपुर पोस्ट चाँगुनारायण, १३ कात्तिक २०७८
    ७९७ पटक
    चाँगुनारायण, १३ कात्तिक २०७८

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ताथली पार्टी भेन्यु, लायन्स क्लब क्लब भक्तपुर अरनिको तथा महानगरीय प्रहरी प्रभाग सुडालको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम शनिवार सम्पन्न भएको हो।

    ‘रक्तदान नै जीवन दान’ भन्ने भावनाले बढ्दाे रक्त अभावलाई मध्य नजर गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक समेत रहेका चाँगुनारायण उद्योग बाणिज्य संघका सदस्य एवं युवा समाजसेवी दिल कुमार बालाले जानकारी दिए ।

    कार्यक्रममा सहभागी लायन्स क्लब अफ भक्तपुर अरनिकोका अध्यक्ष विष्णुभक्त प्रजापतिले रक्तदान बाट प्राप्त रगतले धेरै मानिसको जीवन बचाउन सकिने बताए । नेपाल पत्रकार महासंघ भक्तपुरका सदस्य समेत रहेका पत्रकार हरिसुन्दर छुकांले रक्तदान सबैभन्दा ठुलो दान भएको भन्दै रक्तदान गर्ने बातावरण बनाएदिएको प्रति आयोजकलाई धन्यवाद दिएका थिए ।

    त्यसैगरी युवा राजनीतिकर्मी एवं समाजसेवी बिनोद लामिछानेले यस्ता कार्यक्रमले युवालाई समाजसंग जोड्ने र सेवाभावको बिकास गर्ने बताए । रक्तदानमा  श्रीकृष्ण खड्का, मदन श्रेष्ठ,जग्गन्नाथ खत्री,लक्ष्मण दुलाल, दिपेश लामिछाने लगायतको  समेत सहगिता रहेको थियो ।

    कार्यक्रममा ३७ जनाले रक्तदान गरेका आयोजकले जनाएको छ । अधिकांस रक्तदाताहरु स्थानीय युवा,विद्यार्थी र व्यवसायी रहेका थिए । उक्त अवसरमा महानगरीय प्रहरी प्रभाग सुडालका सई किशोरध्वज कार्कीको नेतृत्वमा रहेको प्रहरी टोलीले समेत रक्तदान गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...