News Portal

  • बिहीवार दिउँसो पूर्वप्रधानमन्त्री प्रचण्ड भक्तपुर आउने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ कात्तिक २०७८
    १६६० पटक
    भक्तपुर, १४ कात्तिक २०७८

    नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भक्तपुर आउने भएका छन् । बिहीवार दिउँसो उनी भक्तपुरको थिमीमा आउने भएका हुन् ।

    नेपाल संवतको नयाँ वर्ष ११४२ का अवसरमा नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभुती शंखधर साख्वा:को सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड आउने कार्यक्रम तय भएको माओवादी केन्द्रको मध्यपुर थिमी नगर संयोजक विजय श्रेष्ठले बताए ।

    नेकपा (माओवादी केन्द्र) को मध्यपुर थिमी नगर कमिटीले कात्तिक १८ गते बिहीवार दिउँसो साढे १ बजे थिमीस्थित राष्ट्रिय विभुती शंखधर साख्वा:को प्रतिमामा माल्यार्पण गर्ने तथा नेपाल सम्बत ११४२ र दीपावलीको अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम आयोजना गरेको नगर संयोजक श्रेष्ठले जनाएका हुन् । सोही कार्यक्रममा सरिक हुन प्रमुख अतिथिका रुपमा अध्यक्ष प्रचण्ड आउने कार्यक्रम रहेको उनले बताए ।

    अध्यक्ष प्रचण्डले शंखधर चोकस्थित राष्ट्रिय विभुती शंखधर साख्वा:को प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ भने त्यसपछि थिमी बैंक्वेटमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम संचालन हुने बताइएको छ ।

    उक्त अवसरमा पार्टीका केन्द्रीय नेताहरु, भक्तपुरका नेता कार्यकर्ताहरुका साथै मुक्तिकामी जनसमुदायको उपस्थिति रहने संयोजक विजय श्रेष्ठले बताए । अध्यक्ष प्रचण्ड प्रमुख अतिथि रहने उक्त कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा पत्र मार्फत आह्वान समेत गरिसकिएको उनको भनाइ छ ।

    नेपाल संवत र शंखधर साख्वा:
    नेपाल संवत नेपालको मौलिक राष्ट्रिय संवत हो। नेपाल संवतका प्रवर्तक शंखधर साख्वा हुन्। उनले नेपालका सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्बत शुरु भएको हो।

    किंवदन्ती अनुसार शंखधर ज्यादै चलाख थिए । एक समय उनले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत हुन पुग्यो । त्यो सुन उनले आफ्नो प्रयोगमा नल्याई ऋणमा डुबेका गरीव जनतालाई बाँडे । सुन पाएपछि जनताले आफ्नो ऋण तिरेर ऋणमुक्त भै आनन्दको जीवन जीउन पाए । र, ऋणमुक्त भएको दिनदेखि नेपाल संवत शुरु भयो ।

    अर्को किंवदन्ती अनुसार शंखधर एक धेरै धनी व्यापारी थिए । एक दिन राजाले शंखधरको सम्पत्तिमाथि अनैतिक कमाइ भएको आशंकामा कब्जा गरे तर पछि त्यो नैतिक कमाइ देखिएपछि उनले फिर्ता पाए । आफ्नो गुमिसकेको सम्पत्ति फिर्ता पाएका शंखधरले त्यो सम्पति ऋणमा डुबेका जनतालाई बाँडे । सबै जनता ऋणमुक्त भए । ऋणमुक्त भएको दिनदेखि नेपाल सम्बत शुरु भयो ।

    शंखधर तल्लो जातका भएको र उनी धनी पनि नभएकोले उनको सम्पत्तिले ऋण तिरेको नभई सामन्त र फटाहाको जाली तमसुक उनको नेतृत्वमा च्यातेर निमुखा जनतालाई ऋण मुक्त गरिदिएको र जनताले जनस्तरमा ऋणमुक्त भएको दिनदेखि नेपाल संवत चलाएको पनि क्रान्तिकारीहरु विस्वास गर्दछन् ।

    नेपालमा औपचारिक रूपले यो संवत चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रहेको थियो तर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले बिक्रम संवतलाई चलनमा ल्याएपछि कामकाजको संवतको रुपमा नेपाल संवत विस्थापित हुन पुगेको देखिन्छ ।

    शंखधर साख्वालाई नेपाल सरकारले बिक्रम संवत २०५६ मा राष्ट्रिय विभुती घोषणा गरेको छ भने प्रचण्ड नेतृत्वको सरकारले नेपाल संवतलाई पुन राष्ट्रिय संवतको मान्यता प्रदान गरेको थियो तर अझै पनि कामकाजमा प्रचलनमा आउन नसक्दा नेपाल संवतको गुमेको पहिचान फिर्ता हुन भने सकेको छैन । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड नेपाल संवतलाई आधिकारिक पात्रोको रुपमा देशभर चलाउनपर्ने पक्षमा अभिव्यक्ति दिंदै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...