News Portal

  • भक्तपुर प्रहरीलाई टाउको दुखाई बन्दै बैंकिङ कसुर

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ कात्तिक २०७८
    ३१६५ पटक
    भक्तपुर, १५ कात्तिक २०७८

    गत ३ महिना यता प्रहरीमा परेको उजुरी  हेर्दा भक्तपुरमा सबैभन्दा बढी बैंकिङ कसुरको समस्या देखिएको छ । असोज मसान्तसम्म परेको उजुरी हेर्दा यस्तो देखिएको हो ।

    ३ महिनामा बैंकिङ कसुरका ३७ मुद्दा परेका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी गराएका छन् । बैंकिङ कसुर अन्तर्गत आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी कसुर गर्ने समस्या देखिएको बताइएको छ ।  बैंकिङ कसुरका सबै अभियुक्त फरार रहेकाले कुनै पनि मुद्दा फर्छौट हुन सकेका छैनन् । पछिल्लो समय प्रहरीलाई यो मुद्दा टाउको दुखाइको रुपमा रहेको छ ।

    बैंकिङ कसुरपछि जिल्लामा चोरीका मुद्दा बढी रहेको एसपी श्रेष्ठले बताए । उनले दिएको जानकारी अनुसार ३ महिनामा चोरीका ३३ मुद्दा परेको छन् भने प्रहरीले १९ मुद्दा फर्छौट गर्न सफल भएको छ । चोरीका केसहरु विश्लेषण गर्दा मोटरसाइकल चोरी,पसलकवल तोडेर चोरी, पसलमा झुक्याएर सामान लिएर फरार हुने र हुक लगाएर झ्यालबाट नगद तथा मालसमान चोरीको ट्रेण्ड बढी देखिएको उनले बताए । यस्तो अपराधमा प्रायः ३० वर्ष मुनीका युवाहरु नै बढी संलग्न हुनेगरेका देखिएको उनले जानकारी दिए । चोरीका मुद्दा  ढिलोचाडो फर्छौट हुने प्रहरीको अनुभव रहेको छ ।

    जिल्लामा तेस्रो समस्याको रुपमा अभद्र ब्यवहार रहेको छ । ३ महिनामा प्रहरीमा यस्तो १५ मुद्दा परेका छन् । सार्वजनिक ठाउँमा कुटपिट, गालीगलौज र दुर्ब्यवहारको घटना अभद्र ब्यवहार अन्तर्गत पर्ने गर्दछ । यसबाट प्रायः महिलाहरु पीडित देखिएका र उजुरी गर्न आएका एसपी श्रेष्ठले बताएका छन् ।

    त्यसैगरी लागू औषधका मुद्द्दाको अवस्था चौथो स्थानमा रहेको छ । भक्तपुर प्रहरीले यस्ता १० मुद्दामा ७ मुद्दाको किनारा लगाइसकेको छ । एक मुद्दामा भक्तपुर प्रहरीले विशेष अपरेसन मार्फत  भारतीय नागरिक सहित लागू औषध कारोबार गर्ने एक ग्याङ लाई नै पक्राउ गरी जेल चलान गर्न समेत सफलता प्राप्त गरेको पाइएको छ ।

    जिल्लामा जवर्जस्ती करणीका ३ महिनामा ८ मुद्दा परेका छन् । यो अपराध मुद्दा संख्याको आधारमा पाँचौ नम्बरमा परेको छ । प्रहरीले उजुरी परेका ८ मुद्दामा अनुसन्धान गरी ६ वटा फर्छौट समेत गरिसकेको जनाएको छ ।

    जवर्जस्ती करणी प्रयासका मुद्दा पनि परेका छन् । यस्ता ४ मुद्दा परेकामा ३ मुद्दा फर्छौट भैसकेको बताइएको छ ।   यो समयमा  बालयौन दुरुपयोगका पनि प्रहरीमा २ मुद्दा परेका छन् ।

    २२ प्रकारका अपराधसम्बन्धी मुद्दामा ठगी सम्बन्धी मुद्दाको अवस्था दशौ स्थानमा रहेको छ । ठगीका ५ मुद्दा  परेकामा सबै फर्छौट भएको एसपी श्रेष्ठले बताएका छन् । यसमा प्रायः जग्गा बैना लिएर पास नगरिदिने, नक्कली सुनचादी र डलर देखाएर ठग्ने जस्ता अपराध हुनेगरेको उनको भनाइ छ ।

    गत ३ महिनामा जुवा मुद्दामा ४८  जना पक्राउ परेका छन् । यो अवधीमा कर्तब्य गरी ज्यान लिएको एउटा मुद्दा र सवारीसाधनले ज्यान लिएको ५ वटा मुद्दा परेको पाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...