News Portal

  • वाइसिएल भक्तपुरको इन्चार्जमा आक्रोश, संयोजकमा रंजीत

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, १६ कात्तिक २०७८
    १९६४ पटक
    dinesh thapaliya naresh ranjitभक्तपुर, १६ कात्तिक २०७८

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को  सहायक संगठन योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाइसिएल, नेपाल)ले आफ्नो जिल्ला इन्चार्ज र संयोजकको जिम्मेवारी टुंगो लगाएको छ । वाइसिएलले देशैभरको जिल्ला नेतृत्व मंगलवार साँझ टुंगो लगाएको हो ।

    भक्तपुर पोष्टलाई प्राप्त केन्द्रीय कार्यालयको सर्कुलर अनुसार वाइसिएलका केन्द्रीय सदस्यसमेत रहेका युवा नेता दिनेश थपलिया ‘आक्रोश’लाई भक्तपुर इन्चार्जमा निरन्तरता दिइएको छ । उनी पार्टीको तत्कालिन जनयुद्धका जनयोद्धा समेत हुन् ।

    त्यसैगरी भक्तपुर संयोजकको जिम्मेवारी युवा नेता नरेश रंजीतले पाएका छन् । वाइसिएल भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ का संयोजक रहेका रंजीतको जिल्ला संयोजकमा बढुवा भएको हो । यस अघि नरेश वाइवा जिल्ला संयोजक रहेका थिए । वाइवा केन्द्रीय सदस्य भए संगै रिक्त पदमा रंजीत पुगेका छन् । सफल युवा व्यवसायी रहेका रंजीत वाइसिएलका कुशल संगठक समेत हुन् ।

    जिल्ला संयोजक नियुक्त भएसंगै रंजीतले अब संगठनको काम द्रुत गतिमा अघि बढ्ने बताए । यथाशिघ्र ४ वटै नगरपालिका र प्रत्येक वडामा पदाधिकारीसहित कार्यसमिति बनाएर जिम्मेवारी दिइने उनको भनाइ छ । वाइसिएललाई क्रान्तिकारी, शसक्त र जनताको प्यारो बनाएर नमूना संगठनको रुपमा भक्तपुर संगठनलाई अघि बढाउने उनले प्रतिवद्धता प्रकट गरेका छन् ।

    त्यसैगरी इन्चार्ज आक्रोशले भक्तपुर जिल्ला पार्टीको निर्देशनमा वाइसिएलले असामाजिक तत्व र भ्रष्टाचारीहरुको भण्डाफोर गर्ने बताए । पार्टीको सहायक संगठनको रुपमा जिम्मेवारी बहन गर्ने बताउदै उनले धन र डनको आडमा पार्टीलाई हेप्न खोज्नेहरुलाई परास्त गर्ने समेत प्रतिक्रिया दिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...