News Portal

  • भक्तपुरमा महेश बस्नेतको दिनगन्ती शुरु : मन्त्री खतिवडा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १६ कात्तिक २०७८
    ३०३३ पटक
    भक्तपुर, १६ कात्तिक २०७८

    माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य एवं स्वास्थ्य मन्त्री विरोध खतिवडाले भक्तपुरका सांसद महेश बस्नेतको यो नै पहिलो र अन्तिम जीत भएको जिकिर गरेका छन् । बस्नेत सांसद निर्वाचित हुन बाम गठबन्धन बन्नु परेको स्मरण गर्दै उनले अब बस्नेतले कहिल्यै संघीय निर्वाचन नजित्ने जिकिर गरेका हुन् ।

    पार्टीको युवा संगठन युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई मंगलवार थिमिमा सम्बोधन गर्दै उनले भने, ”अघिल्लो चुनावमा उत्तानो टाङ्ग लागेपछि माओवादी केन्द्रको गठबन्धन बनेपछि मात्र महेश बस्नेतले जिते । तर अहिले लखेट्ने र भिड्ने बाहेक केहि कुरा भन्दैनन । उनको दिनगन्ती शुरु भैसक्यो ।” आफू ०४८ सालदेखि निरन्तर निर्वाचित हुँदै आएपनि कुनै दम्भ नदेखाएको दावी गर्दै मन्त्री खतिवडाले गठबन्धनबाट बिजयी बनेका सांसद बस्नेतहरुको दम्भ देख्दा दया लाग्ने गरेको बताए । जनतालाई केहि नबुझ्ने पशु जस्तो ठानेर चुनाव जित्ने सपना नदेख्न समेत उनले चेतावनी दिए ।

    नेकपा (एमाले)का केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री एवं सांसद महेश बस्नेत लाई ‘फुच्चे’ को संज्ञा दिएका खतिवडाले बस्नेत अध्यक्ष केपी ओलीकै सानो रुप भएको भनेका छन् । अध्यक्ष ओलीले एमालेलाई आफ्नो जयजयकार गर्नेहरुको झुण्ड बनाएको आरोप लगाउदै उनले एमालेबाट बिचार सिद्धान्त र राजनीति च्युत भई केवल केपी ओली प्रालि मात्र बाकी रहेको बताए ।

    एमाले अध्यक्ष ओलीले सम्माननीय राष्ट्रपतिलाई समेत प्रधानमन्त्री कार्यालयको पिउन जस्तो बनाएको र राष्ट्रपति पनि उनकै लहैलहैमा लाग्दा बर्तमान अवस्था आएको मन्त्री खतिवडाले टिप्पणी गरे । ओलीले रातदिन आफ्ना अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सत्तोसराप गर्दै समय बिताइरहेका बताउदै मन्त्री खतिवडाले ओली सुध्रने छाट्काट नदेखिएको गुनासो गरे ।

    मिडियाले भने झैँ आफ्नो पार्टी ‘एस पार्टी’ र ओली नेतृत्वको नेकपा (एमाले) ‘नो पार्टी’ भएको भन्दै व्यंग्य गरेका मन्त्री खतिवडाले अगामी निर्वाचनमा आफ्नो पार्टी एमालेभन्दा ठूलो हुने दाबी गरेका छन् । ”यति सिट भनेर त म भन्दिन तर एमाले भन्दा बढी सिट जित्छौं ।” उनले उद्घोष गरे ।

    उक्त अवसरमा प्रदेश सांसद समेत रहेका भक्तपुरका नेता डा.राजेन्द्रमान श्रेष्ठ, जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेत, युवा नेता दिपक थापा, रंजनमोहन सैजु लगायतले समेत सम्बोधन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...