News Portal

  • प्रचण्डको स्वागतमा उर्लियो थिमी, वाईसीएलले यसरी गर्यो स्कर्टिङ

    भक्तपुरपोष्ट संवाददाता २०७८ कात्तिक १८
    २२९७ पटक
    २०७८ कात्तिक १८

    भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थिमीमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन् । नेपाल संवतको नयाँ वर्षको अवसर पारेर नेपाल संवतका प्रवर्तक साख्वालाई सम्मान गरिएको हो ।

    नेपाल संवत् ११४२ (नयाँ वर्ष) तथा शुभ दीपालीको उपलक्ष्यमा पार्टीको मध्यपुर थिमी नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा भाग लिन प्रचण्ड थिमी पुगेका हुन् । थिमीका जनताले प्रचण्डको भव्य स्वागत गरेका थिए ।

    प्रचण्डलाई नेवारी भेषभूषा सजिएका स्थानीय र विभिन्न बाजागाजासहित स्वागत गरिएको थियो । यस्तै, उनको स्कर्टीङमा सयौ वाईसीएल कार्यकर्ता खटिएका थिए ।कार्यकर्ताको स्कर्टिङमा उनी थिमि ब्याङ्क्वेट पुगेका थिए । त्यहाँ उपस्थित हजारौं समर्थक लाई सम्बोधन गर्दै उनले शुभकामना आदानप्रदान गरे ।

    prachanda at Bhaktapur postPrachanda scottingकार्यक्रममा पार्टीका स्थायी समिति सदस्य लीलामणि पोखरेल भूमी ब्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठ, युवा तथा खेलकुद विकास मन्त्री महेश्वर गहतराज, लगायतका केन्द्रीय नेताहरु समेत उपस्थित रहेका थिए ।उक्त अवसरमा अध्यक्ष प्रचण्डले शुभकामना साट्दै आफू नेतृत्वको पहिलो सरकारले नेपाल संंवतलाई रास्ट्रिय संवतको मान्यता दिएको स्मरण गरे । त्यो निर्णय उपत्यकाको नेवार समुदायको माग बमोजिम गरिएको बताउदै उनले यथास्थिति बाट परीवर्तन तर्फको पाइलाको रुपमा आफूले त्यतिबेला पहिलो निर्णय लिएको प्रष्ट पारे । तर,त्यसपछि त्यस लाई प्रतिक्रिया बादीहरुले खारेज गर्न खोजेको उनको दावी छ । “त्यो निर्णय नै लुकाइएको भन्ने सुनेपछि मैले अहिले खोज्न लगाएको छु ।” उनले भने । त्यतिमात्र होइन, उनले शंखधर बाटै प्रभावित भएर त्यतिबेला आफूले गरिब किसानको ऋण मिनाहाको निर्णय गराएको समेत खुलासा गरे ।                                                                       कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूले एमाले संग एकता गरेर गल्ती नगरेको जिकिर गरे । ठुलो पार्टी बनाएर समाजबाद तर्फको सजिलो यात्रा गर्ने आफ्नो प्रयासलाई अर्का अध्यक्ष केपी ओलीले ब्रेक लगाइदिएको बताउदै उनले ओली प्रतिक्रियावादी कित्तामा जादा वर्तमान अवस्था आएको बताए । कम्युनिस्ट सत्ता बिरुद्ध प्रतिक्रान्ति कम्युनिस्ट भनिने नेताबाटै भएका विश्व कम्युनिस्ट इतिहासको उदाहरण दिदै उनले यसपटक केपी ओलीले गर्न खोजेको प्रतिक्रान्ति पनि पराजित गर्न सकेकोमा सन्तोष ब्यक्त गरेका थिए ।                                                      उनले काम न काजका गुण्डाहरुले पनि माओवादीलाई हेप्न खोजेको भन्दै माओवादीलाई सक्न पाएअरु सबैलाई हाइसन्चो हुने हुदा माओवादी बलियो बन्नुको बिकल्प नभएको बताए ।माओवादी केन्द्र कमजोर भए देश दुर्घटनामा जानसक्ने खतरा अझै नटरेको खुलासा गर्दै अध्यक्ष प्रचण्डले जनताको घर आगनमा पुगेर कुरा बुझाउन र संगठन लाई बलियो बनाउन निर्देशन समेत दिए ।

    पछिल्लो समय भक्तपुर पार्टीमा उत्साह देखिएको प्रति खुशी ब्यक्त गर्दै उनले भक्तपुरले रेकर्ड राख्ने अपेक्षा गरे । भक्तपुरमा आफू बारम्बार आउन तयार रहेको भन्दै उनले तलबाट संगठन निर्माणमा चासो नदिए माथिबाट मात्र केहि गर्न नसकिने गुनासो समेत गरे । सरकारको विषयमा बोल्दै उनले आफ्नो पार्टी बाट ५० प्रतिसत महिला सहित जनजाति र दलितकोपनि मन्त्री मण्डलमा प्रतिनिधित्व रहेको प्रष्ट पारे । आफ्ना मन्त्रीहरूले राम्रो काम गरिरहेका दावी गर्दै उनले जनताको पक्षमा देखिनेगरी काम गर्न नसक्ने र नतिजा निकाल्न नसक्ने मन्त्री लाई पार्टीले जुनसुकै बेला फिर्ता बोलाउने गरी मन्त्री मण्डलमा सहभागी गराएको समेत खुलासा गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...