News Portal

  • भक्तपुरका ज्वाईं जम्मकट्टेल फेरिपनि प्रभावशाली मन्त्री

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ कात्तिक २०७८
    १९३४ पटक
    shalikram jamarkattelभक्तपुर, २५ कात्तिक २०७८

    बागमती प्रदेशका नवनियुक्त मन्त्री शालिकराम जम्मकट्टेल र निमा लामाले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार उनीहरूलाई शपथ गराएका हुन् ।

    नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता जम्मकट्टेल भक्तपुरका ज्वाईं समेत हुन् । मध्यपुर थिमि ससुराली भएका उनी त्यहीँ नजिक घर बनाएर बस्दै आएका छन् । पूर्व मजदुर नेतासमेत रहेका धादिङ्गबाट प्रदेश सांसद निर्वाचित जम्मकट्टेल सपथ ग्रहणसंगै तेस्रो वरियतासहित आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् । उनी तत्कालीन नेकपाको सरकार हुँदा दोस्रो वरियतासहित आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । नेकपामा बिबाद उत्पन्न भएपछि उनले राजिनामा दिएका थिए । उनी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं धादिङ्ग जिल्ला इन्चार्ज समेत हुन् । मन्त्रीका आकांक्षी धेरै देखिएपछि त्यसलाई मिलाउन नसक्दा पार्टीमा सिनियर रहेका जम्मकट्टेल दोहोरिन सफल भएका भक्तपुरका एक नेताले बताए ।

    मुख्य मन्त्री राजेन्द्र पाण्डे नेतृत्वको बागमती प्रदेश सरकारमा कांग्रेस संसदीय दलका सचिव रहेका सिन्धुपाल्चोकका  निमा लामा स्वास्थ्यमन्त्री बनेका छन् । पाण्डेले यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रीमा चितवनबाट कृष्णप्रसाद खनाल, भौतिक पूर्वाधार विकास मन्त्रीमा भक्तपुरका सांसद कृष्णलाल भडेल र सामाजिक विकासमन्त्रीमा मकवानपुरकी कुमारी मोक्तानलाई जिम्मेवारी दिएका थिए ।

    बागमतीमा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको गठबन्धन सरकार छ । २ साता बितिसक्दा पनि मन्त्रीमण्डलले पूर्णता भने पाउन सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...