News Portal

  • भक्तपुर उद्योग वाणिज्य संघमा नेतृत्व चयनको सकस, सहमती नजुट्दा देवर भाउजूबीच चुनाव

    मदन ढुंगाना / भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २७ कात्तिक २०७८
    २२३४ पटक
    भक्तपुर, २७ कात्तिक २०७८

    नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको भक्तपुर उद्योग वाणिज्य संघमा नेतृत्व चयनको सकस परेको छ । वरिष्ठ उपाध्यक्षमा सहमती जुट्न नसक्दा नेतृत्व चयनमा सकस परेको हो ।

    संघको जारी ३४ औं बार्षिक साधारण सभाबाट निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष नै भावी अध्यक्ष हुने प्रचलन रहेकोले वरिष्ठ उपाध्यक्षमा रस्साकस्सी रहेको बताइएको छ ।अग्रज व्यवसायी अमर मानन्धरका अनुसार वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षका लागि शनिबार निर्वाचन सम्पन्न भएको छ ।

    वरिष्ठ उपाध्यक्षमा रोशनी मैया धौबन्जार र महेश धौबन्जारको चुनावी भिडन्त भएको थियो । गजबको कुरा उनीहरु दुई नातामा देवर भाउजू हुन् । चुनावी माहौल हेर्दा रोशनीले जीत हासिल गर्ने सम्भावना रहेको एक सहभागीले भक्तपुर पोस्टलाई बताए । उपाध्यक्षमा कृष्ण मुरारी र राजन श्रेष्ठबीच प्रतिष्पर्धा भएको छ । अन्य पदहरुमा भने सर्वसम्मत नेतृत्व चयन भएको जानकारी प्राप्त भएको छ । संघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार अब संघको नेतृत्व वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरले गर्नेछन् । अर्थात् मानन्धर स्वत अध्यक्ष भएका छन् ।

    शुक्रवार साधरण सभाको उद्घाटन गरिको थियो । उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरलगायतले संघले गरेको विविध गतिविधिहरुबारे चर्चा गरेका थिए ।

    कार्यक्रममा संघद्वारा प्रकाशित स्मारिकाको विमोचन गरिएको थियो । त्यसैगरी बिभिन्न उद्योगीव्यवसायीलाई सम्मानित समेत गरिएको थियो ।

    उक्त अवसरमा जिसस प्रमुख नवराज गेलाल, जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यवाहक अध्यक्ष सुन्दर सिल्पकार,इन्द्रबक्स गणका गणपति, प्रहरी प्रमुख, जिल्लास्थित सरकारी कार्यालयका प्रंमुख हरु लगायत विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    अपडेट : चुनावी परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा रोशनी मैया धौबन्जारले आफ्नो प्रतिष्पर्धी महेश धौबन्जारलाई पराजयको स्वाद चखाएकी छन् । त्यसैगरी उपाध्यक्षमा कृष्ण मुरारी न्यौपाने बिजयी बनेका बताइएको छ ।

    उपाध्यक्ष (वस्तुगत)तर्फ राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष (एसोसियट)तर्फ गणेशहरि प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल र कोषाध्यक्षमा सचिन्द्र प्रधानांग सर्वसम्मत निर्वाचित भएका छन् । साथै, सदस्यहरुतर्फ अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, गोकर्ण न्यौपाने, गौतम सुजखू, नवीन प्रजापति, नरेश सुकुपायो, पृथ्वीभक्त प्रजापति, रञ्जित मारिखू, राजेश त्वानाबासु(राजु) र रुकेश रञ्जित सर्वसम्मत रुपमा निर्वाचित भएका नवनिर्वाचित सदस्य अमरबहादुर मानन्धरले जानकारी गराए ।

    साथै सदस्य(वस्तुगत)तर्फ श्यामप्रसाद मानन्धर, (एसोसियट)तर्फ जितेन्द्र खायमली, राजेश त्वानाबासू र लोव्साङ्ग लामा सर्वसम्मत भएका छन् भने (महिला) तर्फबाट आस्था साख र श्रीया बल्ल समेत सर्वसम्मत निर्वाचित भए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...