News Portal

  • ६ करोडको लागतमा बनेको थिमिस्थित शंखधर पार्कको औपचारिक उद्घाटन

    बाबुकाजी श्रेष्ठ / भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २९ कात्तिक २०७८
    ८१६ पटक
    भक्तपुर, २९ कात्तिक २०७८

    भक्तपुरको मध्यपुर थिमी नगरपालिकास्थित शंखधर चोकमा सुन्दर  शंखधर पार्कनिर्माण सम्पन्न भएको छ । आइतबार उक्त पार्कको उदघाटन समेत गरिएको छ ।  नगर साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौ महानगरले उपलब्ध गराएको आर्थिक सहयोगमा शंखधर पार्क निर्माण भएको हो । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आइतबार विशेष कार्यक्रमका बीच नवनिर्मित पार्कको उदघाटन गरेका हुन् ।

    उक्त अवसरमा प्रमुख शाक्यले अन्तर नगर साझेदारी अन्तर्गत आफूहरूले उपत्यकाका १२ वटा र उपत्यका बाहिर रहेका नगरपालिकालाई समेत आर्थिक सहयोग गरेको जानकारी गराए । ‘ती नगरपालिका क्षेत्र भित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माण भइरहेका छन् । शंखधर पार्क तिनैमध्येको एउटा हो ।’ शाक्यले भने ।

    काठमाडौँमा पाइने सेवा सुविधा देशका विभिन्न ठाउँमा पु¥याएर काठमाडौँ सँगै छ भन्ने महसुस गराउने प्रयास स्वरुप सहयोग प्रदान गरिएको उनको भनाइ छ ।

    कार्यक्रमलाई सम्वोधन गर्दै मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले काठमाडौँ महानगरपालिकाको सहयोगबाट करीब १९ रोपनी क्षेत्रफलमा पानीको झरना, झुण्डिएको बगैँचा, ढुंगेधारा, डवली, वाकिङ रोड निर्माण गरिएको जानकारी दिए । यसमा काठमाडौँ महानगरपालिकाको २ करोड र मध्यपुर थिमीको ४ करोड गरी जम्मा ६ करोड रुपैयाँ खर्च भएको प्रमुख श्रेष्ठको भनाइ छ ।

    कुनै समय फोहोरको पहाडमा नाक थुनेर हिड्नु पर्ने ठाउँ अहिले हेर्न र घुम्न लायक पार्क बन्यो । जनप्रतिनिधिले जनताको सेवा र सहजताका लागि जिम्मेवार भएर काम गर्छन् भन्ने यो एउटा उदाहरण भएको उनले जिकिर गरे ।

    कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौँ आफ्नो कर्म घर र भक्तपुर माइती भएको भन्दै मध्यपुरको बिकासमा योगदान गर्न पाउदा खुशी ब्यक्त गरेकी थिइन् ।

    उदघाटन कार्यक्रममा जनप्रतिनिधि र स्थानीयहरुको सहभागीता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...