News Portal

  • माओवादी केन्द्रलाई प्रचार युद्धमा हार्ने छुट छैन : प्रजापति

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ कात्तिक २०७८
    १२४७ पटक
    भक्तपुर, २९ कात्तिक २०७८

    नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले आफ्नो पार्टीलाई प्रचार युद्धमा हार्ने छुट नभएको बताएका छन् । परिवर्तन विरोधीहरुले भ्रमपूर्ण प्रचार गरिरहेको भन्दै उनले त्यसलाई परास्त गर्न प्रेस सेन्टरका पत्रकारहरु लाग्नुपर्नेमा जोड दिँदै सोकुरा बताएका हुन् ।

    सोमबार पार्टीको सुभेच्छुक संगठन प्रेस सेन्टर नेपाल मध्यपुर थिमि नगरपालिका शाखाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै इन्चार्ज प्रजापतिले आफ्नो पार्टीको नेतृत्वमा संघीयता, समावेशीता,धर्म निरपेक्षता लगायतका उपलब्धी आएको भन्दै त्यसको उल्टो व्याख्या गरी परिवर्तन विरोधीले दिउसै रात पार्न खोजेका आरोप लगाए । जनतालाई भ्रमपूर्ण प्रचारबाजी गरी पार्टीप्रति प्रहार भैरहेको अवस्थामा प्रेस सेन्टरका पत्रकारहरु प्रचार सेना बनेर परिवर्तन विरोधीहरुको भण्डाफोर गर्नुपर्ने उनको भनाइ छ ।

    जनयुद्धमा संचालन गरेको पत्रिका र रेडियोले जनमत सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनले तत्कालिन अवस्थामा पत्रिका र रेडियोले जनयुद्धलाई जनतासंग जोडिदिएको बताए । आन्दोलनको उठान गर्न मात्र नभई त्यसको रक्षा गर्न पनि संचार माध्यमको भूमिका हुने भन्दै उनले त्यसका लागि पत्रकारहरु बिचारले परिपक्व र क्रान्तिकारी बन्नुपर्ने आवश्यकता औल्याए । वर्तमान अवस्थामा इन्टरनेटका कारण संचारमा नयाँ युगको शुरुवात भएको भन्दै उनले सोही बमोजिम अनलाइन संचारमाध्यम मार्फत ब्यापक जनता समक्ष पार्टीको कुरा पुर्याउनुपर्ने बताए । पार्टीका केन्द्रीय सदस्य समेत रहेका भक्तपुर जिल्ला इन्चार्ज प्रजापतिले प्रेस सेन्टरको पछाडी पार्टी भएको भन्दै जनपक्षीय पत्रकारितामा निडर भएर लाग्न प्रेरित गरेका थिए ।

    उक्त अवसरमा पार्टीका मध्यपुर थिमि संयोजक विजय श्रेष्ठले आफ्नो पार्टीले गरेका राम्रा कुराको प्रचार हुन नसक्दा विरोधीहरुले लाभ उठाइरहेका बताए । संयोजक श्रेष्ठले कुरा मात्रै गर्नेहरुको समाचार बन्ने तर काम गर्नेहरु ओझेलमा पर्ने अवस्था रहेको प्रति दुख व्यक्त गर्दै माओवादी केन्द्रले गरेका कामबारे जनतालाई सुसूचित गर्नुपर्ने आवश्यकता औल्याए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव समेत रहेका प्रेस सेन्टर नेपालको भक्तपुर जिल्ला संयोजक संजीप घिमिरे ‘शुभचिन्तक’ले पत्रकारहरु व्यवसायिकताको नाममा बोधो बन्न नहुनेमा जोड दिंदै पत्रकारले राजनीति गर्नु हुँदैन भन्नेहरुले झन् ठुलो राजनीति गरिरहेका स्पष्ट पारे ।

    पत्रकारिता खानका निम्ति गरिने कर्म नभएको भन्दै उनले यो समाज, देश र सिंगो मानव जातिको कल्याणमा केन्दित हुनुपर्नेमा जोड दिए । जनपक्षीय पत्रकारिता नै वास्तविक पत्रकारिता भएको भन्दै उनले जनताको पक्षमा काम गर्नेहरुको पक्षपोषण गर्नु पत्रकारिको धर्म भएको भनेका थिए ।

    नेकपा (माओवादी केन्द्र) देशको परिवर्तनकारी शक्ति भएको भन्दै संयोजक शुभचिन्तकले प्रेस सेन्टर माओवादी केन्द्रको पक्षमा रहेको खुलासा गरे । यद्यपी, पार्टीका नेताहरुको गलत कार्यको समर्थन गर्न नसकिने भन्दै उनले माओवादी केन्द्रकै पनि गलत नीति वा क्रियाकलाप भएमा त्यसको भण्डाफोर गर्ने काम प्रेस सेन्टरले गर्ने प्रष्ट पारे ।

    उक्त अवसरमा प्रेस सेन्टर नेपालका राष्ट्रिय समाचार समिति शाखा संयोजक रत्नकृष्ण श्रेष्ठले पत्रकारिता सजिलै सबैसंग पहुँचमा पुग्न सकिने पेशा भएको भन्दै यसको माध्यमबाट बिकास र समृद्धिमा समेत योगदान गर्न सकिने बिचार व्यक्त गरे । शासकको भजन गाएर जनतालाई भ्रमित गर्ने काम आफूहरुबाट नहुने भन्दै उनले भ्रष्टाचार, अन्याय र असमानताको विरुद्ध लेख्न र बोल्न प्रेस सेन्टरका पत्रकारलाई कसैले रोक्न नसक्ने उद्घोष गरे ।

    मध्यपुर संचार समाजका अध्यक्ष बरिष्ठ पत्रकार बाबुकाजी साछें श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पत्रकार प्रदिप श्रेष्ठले गरेका थिए । उक्त अवसरमा नेकपा माओवादी केन्द्रका मध्यपुर थिमि सह इन्चार्ज बालकृष्ण दुगु, पत्रकार मदन ढुंगाना लगायतको आतिथ्यता रहेको थियो ।

    प्रेस सेन्टर नेपाल मध्यपुर थिमि नगरपालिका शाखाको प्रथम अधिवेशनबाट रत्नकाजी प्रजापतिको नेतृत्वमा ९ सदस्यीय नगर कार्यसमिति निर्विरोध निर्वाचित गरिएको बताइएको छ । कार्यसमितिको उपाध्यक्षमा न्हूछेंराज बज्राचार्य, सचिवमा चन्द्रकृष्ण कपाली र कोषाध्यक्ष सुरेश श्रेष्ठ रहेका छन् ।

    त्यसैगरी सदस्यहरुमा इश्वरलाल श्रेष्ठ, सूर्यमान श्रेष्ठ,सोनाम मानन्धर,दीपक श्रेष्ठ र अनिल श्रेष्ठ रहेका प्रेस सेन्टर भक्तपुरले जनाएको छ ।

    नव निर्वाचित कार्यसमितिलाई प्रेस सेन्टर नेपालका भक्तपुर संयोजक संजीप घिमिरे ‘शुभचिन्तक’ले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...