News Portal

  • भक्तपुर नगरपालिकाद्वारा उन्नत जातको गहुँ र आलुको बिउ वितरण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० कात्तिक
    ७०५ पटक
    सुनिल परजापतिभक्तपुर, ३० कात्तिक

    भक्तपुर नगरपालिका वडा नं. १ का किसानहरुलाई उन्नत जातको गहुँ र आलुको बिउ वितरण गरिएको छ । मंगलवार वडा कार्यालयद्वारा आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख सुनिल प्रजापतिले गहुँ र आलुको बिउ वितरण गरिएको हो ।

    किसानहरुको प्राथमिकताका आधारमा १ पाथी गहुँ वा पाँच किलो आलुको बिउ वितरण गरिएको वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिए । बिउ वितरण गरी स्थानीय सरकारले किसानहरुलाई राहत दिएको भन्दै सहभागीहरुले सन्तोष व्यक्त गरेका छन् । उक्त अवसरमा किसानहरुले समयमै मल उपलब्ध हुन नसक्दा अप्ठ्यारो पर्नेगरेको गुनासो समेत गरेका थिए ।

    बिउ हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले उत्पादकत्व बढाउन र किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले उन्नत जातका बीऊ विजनको वितरण गर्दै आइरहेको बताए । गहुँ बालीका लागि रसायनिक मलको अभाव हुन नदिन नगरपालिकाले मलको सिफारिस दिन सुरु गरेको समेत उनको भनाइ छ । भक्तपुर नगरपालिकाले आधुनिक प्रविधिको प्रयोग गरी कुहिने बस्तुहरूबाट कम्पोष्ट मल बनाई सस्तोमा किसानहरूलाई विक्री वितरण गर्न तयारी गरिरहेको समेत उनले खुलासा गरे ।

    नेमकिपाले भक्तपुरमा चलाएको किसान आन्दोलनबाट बहुसंख्यक किसानहरुको हित भएको भन्दै पार्टीका केन्द्रीय सदस्य समेत रहेका मेयर प्रजापतिले किसानको समस्या समाधानमा अहिले पनि आफूहरुले कुनै कसर बाकी नराख्ने बताए । कामदार वर्गको हितमा काम गर्ने नेमकिपाको मुख्य उद्देश्य अनुरुप नगरपालिकाले कार्य गरिरहेको उनको जिकिर छ ।

    कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडाबासी किसानहरुको उत्पादकत्व बढाउन नगरपालिकाले हरेक वर्ष उन्नत जातको बीऊ विजन वितरण गर्दै आइरहेको स्पष्ट पारेका थिए । सोहीबमोजिम वडा नम्बर १ मा बिउ वितरण गरिएको उनको भनाइ छ ।

    कार्यक्रममा नेमकिपा वडा नं. १ का पार्टी इन्चार्ज लक्ष्मीनारायण राजलवट र वडाका कृषि समितिका पुण्यराम बाइजुले लगायतले किसानलाई प्राथमिकता दिने पार्टी नेमकिपा भएको दावी गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...