News Portal

  • शनिवार भक्तपुरका चारैवटा नगरमा माओवादी केन्द्रको नगर अधिवेशन हुँदै

    बाबुराम दाहाल / भक्तपुरपोस्ट भक्तपुर, १० मङ्सिर २०७८
    १०४७ पटक
    भक्तपुर, १० मङ्सिर २०७८

    सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भक्तपुरको चारैवटा नगरपालिकामा एकैदिन नगर सम्मेलन गर्ने भएको छ । शनिवार भक्तपुरमा सबै नगरमा नगर सम्मेलन हुन लागेको हो ।                                                                                                                                                                           पार्टी जिल्ला समन्वय समितिका संयोजक डिपी ढकालका अनुसार नगर सम्मेलनले नयाँ नेतृत्व समेत निर्वाचित गर्नेछ । सेलेक्सन बिधिबाट निर्वाचन गर्दै आएको माओवादी केन्द्रले सहमति नभए इलेक्सनलाई पनि नेतृत्व चयनमा प्राथमिकता दिने बताएपनि भक्तपुरका कुनैपनि नगरमा नेतृत्व बिबाद नभएको संयोजक ढकालले बताए । यद्यपि जिल्ला समिति खारेज गरेको माओवादी केन्द्रमा जिल्ला सदस्यहरुलाई समेत नगरमा समेट्नुपर्ने सकस भने देखिएको उनी स्वीकार गर्दछ्न ।   चार नगर मध्ये सबैभन्दा अगाडि मध्यपुर थिमिमा नगर सम्मेलनको समय तय गरिएको छ । नगर संयोजक बिजय श्रेष्ठले शनिवार बिहान साढे ७ बजे बालकुमारी मन्दिर प्राङ्गणमा सम्मेलनको उद्घाटन हुने बताएका छन् ।                                                                                                          त्यसैगरी चागुँनारायणका संयोजक नरेश खड्काले आफ्नो नगरपालिकामा बिहान ८ बजे सम्मेलन उद्घाटन हुने जनाएका छन् । त्यसको लागि हेल्मेट डाँडास्थित नगरपालिकाकै हललाई सम्मेलन हल बनाइएको उनले बताए । सूर्यविनायकका संयोजक सानुकान्छा आले मगरका अनुसार सूर्यविनायक रिसोर्टमा सूर्यविनायकको नगर सम्मेलन गरिने कार्यक्रम रहेको छ । बिहान १० बजे सम्मेलन शुरु हुने उनले बताए ।                                                                                                            त्यसैगरी भक्तपुर नगर सम्मेलन दिउँसो ३ बजे शुरु हुने नगर संयोजक साजन प्रजापतिले जनाएका छन् ।भनपा१ सल्लाघारीको च्वङ्गागणेशस्थित नमस्ते ब्याङ्क्वेटलाई सम्मेलन स्थल तोकिएको उनले जानकारी गराए । नगर सम्मेलनमा घुसपैठ हुन नदिन र उत्साह प्रद सहभागिता जनाउन युवाहरूलाई निर्देशन दिइएको वाइसीएल भक्तपुर संयोजक नरेश रन्जितले बताए ।

    शनिबार नगर अधिवेशनको कार्यतालिका बनाएको नेकपा माओवादी केन्द्रको भक्तपुरका सबै नगरहरुमा सर्वसम्मत नेतृत्व चयनको अवस्था रहेको जिल्ला सह इन्चार्ज देवेन्द्र श्रेष्ठले जिकिर गरेका छन् ।

    पार्टीका केन्द्रीय सदस्य समेत रहेका जिल्ला इन्चार्ज दिलिप प्रजापतिले नगरहरुमा नेतृत्व लिने विषयमा आन्तरिक प्रतिष्पर्धा रहेपनि कुनै बिबाद भने नभएको पुष्टि गरे ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...