News Portal

  • भक्तपुर सांगीतिक समाजको आयोजनामा २५ जनाले गरे रक्तदान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ मंसिर २०७८
    ६६९ पटक
    भक्तपुर, ११ मंसिर २०७८

    भक्तपुर सांगीतिक समाजले आफ्नो पाँचौ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भक्तपुरको सूर्यविनायकमा रक्तदान कार्यक्रम कार्यक्रम सम्पन्न भएको हो ।                                                                                                                                                     उक्त अवसरमा  कार्यक्रममा २५ जना रक्तदाताहरुले रक्तदान गरेका समाजका उपाध्यक्ष कपिल कस्पालले बताए । कार्यक्रमलाई रोचक बनाउन विभिन्न कलाकारहरुले गीत संगीत प्रस्तुत गर्दै सांगीतिक माहोल बनाएका थिए । गायकहरु राजेश मान के. सी, कपिल कस्पाल, बिजेन्द्र चवाल, प्रविन शाही, बिनोदराज ढुङेल, श्रीजल मधिकर्मीले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रम को हौसला बढाउन बरिस्ठ गीतकार सुवासचन्द्र ढुङ्गेल, गायक अजर जंगम, साश्त्रीय गायक सुनिल लोहला, संगीतकार हेम लामा र सुमन रंजीतकार, त्यसै गरेर साहित्यकार अनिश शाक्यसहित संचारकर्मी मतिना लिबि, रेणु त्वायनाबासु लगायत को सहभागिता रहेको समाजका सचिव अल्बर्ट बज्राचार्यले बताए ।
    कार्यक्रमको संयोजन गायक एवम् समाजका उपाध्यक्ष तथा रागरागिनी इन्टरटेन्मेन्ट प्रा.लि. का प्रमुख कपिल कस्पालले  गरेका बताइएको छ । पाँचौ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गर्न सकेकोमा समाजका अध्यक्ष प्रविण शाहीले सन्तोष ब्यक्त गरेका छन् । आगामी दिनमा यस्ता सामाजिक काममा समाजलाई थप क्रियाशील बनाइने उनले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...