News Portal

  • नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा प्यानलसहित दोहोरिए

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ मंसिर २०७८
    १३८२ पटक
    भक्तपुर, १४ मंसिर २०७८

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुरमा भएको जिल्ला अधिवेशनबाट दुर्लभ थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सोमबार सम्पन्न चुनावको मतपरिणाम अनुसार सभापतिका उम्मेदवार थापा आफ्नो प्यानलसहित बिजयी बनेका हुन् ।

    थापा ५ सय ५५  को बहुमतबाट सभापति  दोहोर्याउन सफल भएका नेता निशान ढुङ्गेलले पुष्टि गरेका छन् । उनका प्रतिद्वन्द्वी उम्मेदवार अष्टकुमार कबेले ४ सय ४२ मत मात्र प्राप्त गरेपछि दोश्रो पटक पनि थापाद्वारा कबे पराजित बन्न पुगे । दोश्रो कार्यकालका लागि सभापति निर्वाचित थापा संस्थापन पक्षका नेता हुन् ।

    थापा  पक्षबाट उपसभापतिमा उर्मिला वन, बिजेस अवाल, सचिवमा शुसिल बस्नेत, राजेश खड्का, सहसचिवमा कृष्ण मुरारी न्यौपाने, यादव अधिकारीले उम्मेदवारी दिएका थिए । पदाधिकारीको पुरै सेट थापा पक्षबाटै बिजयी बनेका छन् ।

    जिल्ला सदस्यमा थापा समूहबाट मध्यपुर थिमि नगरपालिकाबाट रमिला कपाली, देवेन्द्र श्रेष्ठ र राजेश मानन्धर, सूर्यविनायक नगरपालिकाबाट ललिता धिताल, जिवन श्रेष्ठ, दिपेन्द्रकुमार थापा मगर, भक्तपुर नगरपालिकाबाट रजनी किसिजु, धर्मरत्न खाईतु र रामबहादुर कासुला, चाँगुनारायण नगरपालिकाबाट कल्पना लामिछाने, प्रेम खत्री, समानुपातिका आदीवासी जनजातीबाट रोशनी तामाङ, दिललक्ष्मी कायष्थ, रामेश्वर ध्वजुँ, धनबहादुर थिङ र रामप्रसाद धौवञ्जार, समानुपातिक खसआर्यबाट सिर्जना केसी, देवेन्द्र न्यौपाने, अच्युत अधिकारी, दलित खुल्लाबाट मनिता नेपाली, अपाङ्गबाट शशि बस्नेत र मधेशीबाट राम दिनेशलाल कर्ण निर्वाचित भए ।

    जिल्ला सदस्यमा चाँगुनारायण नगरपालिकाबाट कवे समूहका उमेशकुमार खड्का निर्वाचित भए । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ को कार्यसमिति सदस्यमा कवे समूहका विरबहादुर विश्वकर्मा निर्वाचित भए ।

    त्यसैगरी  निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत महासमिति सदस्यहरुमामहासमिति सदस्यमा प्रत्यक्ष खुल्लामा बाबुराजा जोशी, कृष्णलाल भँडेल, जगन्नाथ कार्की, राजाराम खड्का र पुष्कर खत्री, आदीवासी जनजाती खुल्लामा सुरेश श्रेष्ठ र रजनी जोन्छें, महिलामा राधा कार्की (सरु बाँनिया) सुभद्रा काफ्ले, आदीवासी जनजाती महिलामा गंगालक्ष्मी अवाल, खसआर्य खुल्लामा हरिप्रसाद नेपाल निर्विरोध निर्वाचित भएका थिए ।

    क्षेत्र नं. २ को केन्द्रिय महासमिति सदस्यहरुमा थापा पक्षबाट मदन कृष्ण श्रेष्ठ, मुरारीप्रसाद आचार्य, नारायण भक्त खायमली, बिष्णुराज कार्की, पूर्ण बिसुंखे खुल्ला तर्फबाट उम्मेदवार थिए । भने कवें पक्षबाट गणेशमान चक्रधर, उद्धव शिलवाल, राजनकाजी त्वाती, सन्तोष भट्टराई, अच्युत प्रसाद मिश्र उम्मेदवार थिए। प्रत्यक्ष महिला तर्फ दुई जना चाहिनेमा रमा कोईराला थापा पक्षमा थिइन् भने कवेपक्षबाट अन्जना देवी मधिकर्मी र प्रमिला सुवेदी उठेकी थिइन् । आदिवासी जनजाती खुल्लामा दुवै पक्षका एक एक जना दिल कृष्ण प्रजापति र ज्ञानदास प्रजापति पहिल्यै निर्विरोध निर्वाचित भएका थिए ।

    भक्तपुर क्षेत्र नं. २ को महासमिति सदस्यमा भने मिश्रित परिणाम आएको छ । महासमिति सदस्य खुल्लामा थापा समूहका मदनकृष्ण श्रेष्ठ र विष्णुराज कार्की निर्वाचित भए भने कवे समूहका गणेशमान चक्रधर, उद्धव सिलवाल र सन्तोष भट्टराई निर्वाचित भए ।

    त्यसैगरी महिला खुल्लामा अञ्जनादेवी मधिकर्मी, प्रमिला सुवेदी आचार्य, आदीवासी जनजाती खुल्लामा ज्ञानदास प्रजापति, खसआर्य खुल्लामा लछुराम न्यौपाने विजयी भए । उनीहरु सबै कवे समूहका हुन ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...