News Portal

  • भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार

    भक्तपुर, १४ मङ्सिर २०७८
    १०६६ पटक
    banijya bank kamalbinayakभक्तपुर, १४ मङ्सिर २०७८

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार भएको छ । मंगलबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन भएको हो ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कमलविनायक शाखाको संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

    उक्त अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले उत्पादनका साधनहरुमा राज्यको नियन्त्रण नहुँदा राज्य बलियो बन्न नसकेको बताए । सरकारले संचालन गरेका उद्योग धन्दा बन्द हुनु दुखद् भएको भन्दै उनले राज्य संलग्न भएको संस्था राम्रो हुनुपर्ने आवश्यकता औल्याएका थिए ।

    राष्ट्रिय वाणिज्य बैंक सरकारको पूर्ण स्वामित्व भएको व्यवसायिक बैंक भएकोले यसले जनताको अधिकत्तम सेवालाई मध्यनजर गरी निजी बैंकहरु भन्दा राम्रो सेवा दिनुपर्ने उनले सुझाव समेत दिए ।
    निजी र विदेशी बैंकलाई पूर्ण रुपमा छुट दिए देशका सरकारी बैंकहरु डुब्ने खतरा रहेको भन्दै उनले सरकारी बैंक सरकार र जनताको पहिलो प्राथमिकतामा पर्नुपर्ने प्रष्ट पारे ।

    कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले देशका सबै स्थानीय तहमा आफ्नो शाखाहरु विस्तार गर्दै लाने लक्ष लिएको बताए । भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको कार्यहरुबाट आफूहरु प्रभावित भएको भन्दै उनले सरकारी बैंक प्रतिको सकारात्मक सोच प्रति नगर प्रमुख प्रजापति र नगरपालिका प्रति आभार प्रकट गरेका थिए ।

    कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व,राष्ट्रिय वाणिज्य बैंकको बागमती प्रदेश प्रमुख सोनी श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धर, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, बैंकका जितेन्द्रसिंह थापा, नेकपा(माओवादी केन्द्र)का भक्तपुर नगर संयोजक साजन प्रजापति लगायतले बैंक र वित्तीय सस्थाहरुले समाज बिकाशमा पार्ने प्रभाव र पुर्याउनुपर्ने योगदानबारे चर्चा गरेका थिए ।

    राष्ट्रिय वाणिज्य बैंक कमलविनायक शाखाकी प्रवन्धक एलिजा कायस्थले बताए अनुसार कमलविनायक शाखाले गत असोज १६ गतेबाट नै सेवा सुचारु गरेको भएपनि औपचारिक उद्घाटन भने भर्खरै मात्र भएको हो । यो शाखा २५४ औ शाखा भएको उनको भनाइ छ । आफ्नो शाखाबाट सेवाग्राहीलाई सबै बैंकिंग सेवा छिटो छरितो र विश्वासिलो ढंगले उपलब्ध गराइने उनले दावी गरिन । राष्ट्रिय वाणिज्य बैंक सरकारी बैंक मात्र नभई सरकारको पूर्ण स्वामित्व भएको एकमात्र बैंक भएको भन्दै भक्तपुरकी स्थानीय समेत रहेकी कायस्थले आफूहरुलाई सेवाको अवसर दिन अनुरोध गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...