News Portal

  • भक्तपुरका ८ मानन्धर सम्मानित

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, २० मंसिर २०७८
    १५२६ पटक
    भक्तपुर, २० मंसिर २०७८

    भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरसहित ८ जना अगुवा मानन्धरहरुलाई सम्मान गरिएको छ । भक्तपुर जिल्ला मानन्धर युवा समुहले उनीहरुलाई सम्मान गरेको हो ।                                                                                                                                                   मध्यपुर थिमिमा एक विशेष कार्यक्रमका बीच शिवप्रसादसहित पछिल्लो समय विभिन्न संघसंस्था, राजनीतिक दल तथा अन्य क्षेत्रमा प्रतिस्ठा प्राप्त गर्न सफल ब्यक्तित्वहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।                                     
    सम्मानित हुनेहरुमा भक्तपुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा निर्वाचित अमर मानन्धर, वस्तुगततर्फ सदस्यमा निर्वाचित श्यामप्रसाद मानन्धर रहेका छन् । त्यस्तै, भक्तपुर चेम्बर अफ कमर्सको कार्यसमिति सदस्यमा निर्वाचित सदस्य ज्ञानेन्द्र मानन्धर, मध्यपुर चेम्बर अफ कमर्सको कार्यसमितिमा निर्वाचित सदस्य पुष्पलाल मानन्धरलाई अध्यक्ष न्हुछेरत्न मानन्धरले सम्मानपत्र प्रदान गरेका छन् ।
    त्यस्तै नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समिति सदस्यमा निर्वाचित राजेश मानन्धर, मिस लिटिल नेवाः फस्ट रनर अप सुश्री प्रनिधि मानन्धर, मिस ट्यालेन्ट फस्ट रनर अप सिचु मानन्धरलगायत रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...