News Portal

  • भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २० मंसिर २०७८
    ७८९ पटक
    भक्तपुर, २० मंसिर २०७८

    भक्तपुर नगरपालिकाले हरेक वर्ष गर्दै आएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । सोमबार सहिदस्मृति खेलमैदानमा आयोजित कार्यक्रमका बीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
    उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेँले खेलकुदबाट व्यक्तित्व विकासमा समेत विशेष योगदान पुग्ने बताउदै खेललाई प्राथमिकता दिएकोमा नगरपालिकालाई धन्यवाद दिएका थिए ।
    मित्रता, अनुशासन र स्वस्थ जीवनको लागि खेलकुद अत्यन्त महत्वपूर्ण हुने भन्दै अध्यक्ष बिजुक्छेँले खेलाडीहरुले देशको गरिमा बढाउने बताए ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा उत्कृष्टता हासिल गरेसँगै खेलकुद क्षेत्रमा समेत प्राथमिकता पूर्वक कामहरु गरिरहेको जानकारी गराए । खेल मार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान स्थापना हुने भन्दै उनले  खेलकुद मावन जीवनको अभिन्न अंग भएको बिचार ब्यक्त गरेका थिए ।
    विद्यार्थीहरुको अनुकूल समयमा विद्यार्थीहरूलाई खेलकुद गतिविधिमा सकृय बनाउन प्रत्येक वर्ष अन्तर विद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको बताउदै प्रमुख प्रजापतिले खेलकुद हार–जीत भन्दा पनि अनुशासन र मित्रताको निम्ति खेल्नुपर्नेमा जोड दिए ।
    बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँले नगरपालिकाले विद्यार्थीहरुको खेल जीवनलाई निरन्तरता दिने र विद्यार्थीहरुलाई उत्साहित गर्ने सराहनीय कार्य गरेको टिप्पणी गरे ।
    बालबालिकाका लागि कोभिडविरुद्धको खोप ल्याउन सरकारले ढिलाइ गर्न नहुने बताउनुहुँदै सांसद गोसाइँले बालबालिकाको लागि कोभिडविरुद्ध खोपको प्रभावकारिताबारे आवश्यक छलफल चलाउनु आवश्यक भएको बताए  ।
    कार्यक्रममा भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले खेलकुद क्षेत्रको विकासमा भक्तपुर नपाले उल्लेखनीय प्रगति गर्दै आइरहेको धारणा व्यक्त गर्नुहुँदै खेलकुदले विद्यार्थीमा अुनशासन र नेतृत्व विकासमा टेवा पु¥याउने बताए ।
    भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक एवम भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वागत गरेको कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि खेलकुदको महत्वबारे बोलेका थिए ।
    मंसिर २० गतेदेखि २४ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन कार्यक्रमअघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा दत्तात्रयबाट सुरु भएको ¥याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो हुँदै सहिद स्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो ।
    उद्घाटन कार्यक्रममा खेलाडीहरुले जिम्नास्टिक खेलको कौसल प्रस्तुत गरेका थिए । प्रतियोगितामा नगरपालिकाभित्रका ६० वटा भन्दा बढी विद्यालयका १८८५ जना खेलाडीहरुले प्रतिस्पर्धामा सहभागिता रहने नगरपालिकाका युवा तथा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले बताए ।
    साथै प्रतियोगितामा (टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खोखो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वाण्डो, जिम्नाष्टिक, पोर्टबल, कसिमला पाँय) गरी १४ वटा खेलका लागि प्रतिस्पर्धा हुने बताइएको छ । उद्घाटन कार्यक्रममा निर्णायकको तर्फबाट राजुसिं बजिक्व, प्रशिक्षकको तर्फबाट मुना बासुकला र खेलाडीको तर्फबाट दीपशीखा बासुकलाले खेललाई मर्यादित, व्यवस्थित र अनुशासित ढंगले सञ्चालन गर्न शपथ ग्रहण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका...

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...